Aamsanchar

डा. एसएमसीमा नेपाली विद्यार्थी उत्कृष्ट

Author Image
बिहिवार, असार २, २०७३

cmrij.JPG f
बिर्तामोड ।
भारतको बेङलोरस्थित डा. श्री श्री श्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ्ग एण्ड पोलिटेक्निक (डा. एसएमसी)मा अध्ययनरत् नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेका छन् ।
उक्त कलेजमा शैक्षिक वातावरण, रहनसहन, प्रदूषणमुक्त हरियाली वातावरण भएकाले पनि नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेको कलेजका डाइरेक्टर राहुल सोनीले बताए ।
सन् २००८ मा स्थापना भएको उक्त कलेजमा नेपाल, भारतका विभिन्न स्थानका १ हजार ५ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका डाइरेक्टर सोनीले बताए । सन् २०१० देखि आफ्नो कलेजमा नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताउादै उनले नेपाली विद्यार्थीहरुको लागि छात्रवृत्तिसहित विभिन्न कोर्षमा भर्ना लिइरहेको बताए । नेपाली विद्यार्थीहरु पढाइलगायत विभिन्न क्रियाकलापमा समेत अन्य देशका विद्यार्थीभन्दा अब्बल रहेको बताउादै उनले उचित शैक्षिक वातावरण पाएर नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेको बताए ।
झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीले उक्त कलेजमा विद्यार्थीहरु पठाउादै आइरहेको बताउादै डाइरेक्टर सोनीले क्याम्ब्रिजको उचित शैक्षिक परामर्श पाएर गएका विद्यार्थीहरुले बोर्ड टपसम्मका रिजल्ट हात पारेको बताए । यसैबीच गतवर्ष क्याम्ब्रिजमार्फत् उक्त कलेजमा अध्ययन गर्न गएका झापा सुरुङ्गाका प्रभु गिरीले बोर्ड टप रिजल्ट हासिल गरेको भन्दै उक्त कलेजले ८० हजार रुपैयााको छात्रवृत्ति प्रदान गरेको क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाले बताए ।
एक वर्षअघि झापाको सुरुङ्गास्थित हरिकुल उच्च माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरी उक्त कलेजमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ्गमा अध्ययनरत उनले फस्ट सेमेस्टरको परीक्षामा ९१ प्रतिशत अंक ल्याएर बोर्ड टप भई उक्त छात्रवृत्ति प्राप्त गरेका हुन् ।
झापाको बिर्तामोडस्थित क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीले आयोजना गरेको शैक्षिक मेलामार्फत् उचित शैक्षिक परामर्श प्राप्त गरी उक्त कलेजमा अध्ययन गर्न गएका गिरी छात्रवृत्ति प्राप्त गर्ने पहिलो नेपाली विद्यार्थी भएको डाइरेक्टर सोनीले बताए ।
क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीद्वारा बिर्तामोडमा आयोजित पाचौं शैक्षिक मेलामा डा. श्री श्री श्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ्ग एण्ड पोलिटेक्निकका डाइरेक्टर राहुल सोनीले शुक्रबार ८० हजार रुपैयााको छात्रवृत्तिको चेक हस्तान्तरण गरेका थिए ।
त्यस्तै सोही कलेजमा अध्ययनरत विराटचोककी स्पार्कल पुरीले डिप्लोमा इन कम्प्युटर साइन्स इञ्जिनियरिङमा ९० प्रतिशत ल्याउादै गोल्ड मेडल प्राप्त गरेकी थिइन् भने झापा दमकका आभाष साहले डिप्लोमा इन सिभिल इञ्जिनियरिङको म्याथमा शतप्रतिशत अंक ल्याएर गोल्ड मेडल प्राप्त गरेका थिए ।
त्यस्तै झापा दमकका एलोजराज खरेलले डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा शतप्रतिशत अंक ल्याउादै गोल्डमेडल पाएका छन् भने विराटचोकका गणेश पौडेलले डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङमा कलेज टपर भएर गोल्ड मेडल प्राप्त गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)