Aamsanchar

मेची महाकाली साइकल यात्रा

Author Image
बिहिवार, असार २, २०७३

भीमदत्तनगर।
भूकम्पपछिको पुनःनिर्माणमा युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले सैनिक आवासीय महाविद्यालयका दुई विद्यार्थीले सुरु गरेको मेची महाकाली साइकल यात्रा बुधबार समापन भएको छ ।

‘युवा उठौँं, पुनः निर्माणमा जुटौँ’ भन्ने नाराका साथ गत जेठ २१ गते झापाको मेचीपुलबाट धनुषाका युवराज कार्की र इटहरीका विकल खनाल मेची महाकाली साइकल यात्रामा निस्कनुभएको थियो । दुवैले पश्चिमको महाकाली नदीमा पुगेर यात्रा समापन भएको जानकारी दिनुभयो ।

“यात्राका क्रममा विभिन्न कलेज÷स्कुलमा पुनः निर्माणमा जुट्न मोटिभेड गराउँदै हिँड्यौँ”, खनालले भन्नुभयो, “धेरै ठाउँमा सकारात्मक बुझाइ पायौँ ।” उनीहरु धरानस्थित सैनिक महाविद्यालयमा प्रवीणता तहमा अध्ययनरत विद्यार्थी हुन् । दुवै यात्रीलाई यात्राका क्रममा आवासको व्यवस्था नेल्टा नामक संस्थाले मिलाएको थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर