Aamsanchar

एसएलसीको परीक्षाफल सार्वजनिक

Author Image
बिहिवार, असार २, २०७३
काठमाडौं:
download
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी (प्रवेशिका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो।
ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए।
एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।
परीक्षा सञ्चालन हुनेबित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्‍याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समय तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका कार्ययोजना बनाइएकाले काम छिटो भएको काप्रीले बताए।
परीक्षा नियन्त्रण कार्यालयका अुनसार नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थीको परीक्षाफल यस्तो रहेको छ  ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी १६४५४
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ४१५७७
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ४८६११
२.४ देखि २.८ ल्उाउने परीक्षार्थी ६३१८१
२.० देखि २.४ ल्याउने परीक्षार्थी ९४७१६
१.६ देखि २.० ल्याउने परीक्षार्थी १०४२७८
१.२ देखि १.६ ल्याउने परीक्षार्थी ५६७६३
०.८ देखि १.२ ल्याउने परीक्षार्थी ८००० 
०.० देखि ०.८ ल्याउने परीक्षार्थी ११ जना 
नियमिततर्फ उमेर नपुगेका विद्यार्थीहरु १६ जना रहेका परीक्षा नियन्त्रण कार्यालय जनाएको छ ।
एक्जाम्टेडतर्फ सहभागी भएका १५०८२६ परीक्षार्थीहरुमध्येको परीक्षाफल यस्तो छ ।
३.६ देखि ४.० ल्याउने परीक्षार्थी ४ जना
३.२ देखि ३.६ ल्याउने परीक्षार्थी ८ जना 
२.८ देखि ३.२ ल्याउने परीक्षार्थी ९४ जना
२.४ देखि २.८ ल्याउने परीक्षार्थी २९४३ जना
२.० देखि २.४ ल्याउने परीक्षार्थी २९७८० जना
१.६ देखि २.० ल्याउने परीक्षार्थी ७५३४० जना
१.२ देखि १.६ ल्याउने परीथार्थी ३७०३९ जना 
०.८ देखि १.२ सम्म ल्याउने परीक्षार्थी २४५२ जना 
०.० देखि ०.८ ल्याउने परीक्षार्थी २ जना 
एक्जाम्टेडतर्फ उमेर नपुगेका २७ जना परीक्षार्थी रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।
कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।
त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।
परीक्षा नियन्त्रक काप्रीले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा थाहा पाउन सकिने जानकारी दिए।
परीक्षा नियन्त्रक काप्रीले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए। ‘नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००, ५००१, ५२२५, ५५६६, ४९४९ र  ७६७६ मा एसएमएस गर्नुहोला’, काप्रीले भने, ‘नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ।’
एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ। त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ।
त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर