Aamsanchar

पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बराललाई मातृ शोक

Author Image
बिहिवार, असार २, २०७३

lila-sir-ama
विर्तामोड ।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अध्यक्ष लीला बराललाई मातृ शोक परेको छ ।
बरालकी ममतामयी माता चन्द्रकला बरालको ८३ वर्षको उमेरमा विहीवार अपरान्ह ३ बजे विर्तामोड–७ स्थित निजी निवासमा निधन भएको हो ।

अल्जाइमर्स सम्बन्धी स्वास्थ्य समस्याबाट लामो समयदेखि पीडित चन्द्रकलाको विर्तामोडको मनमोहन मेमोरियल अस्पतालमा उपचार गरिदै आएको थियो ।

उनका जेठा छोरा बद्री बराल र कान्छा छोरा लीला बराल हुन् । सात छोरीहरू कोपिला, कान्ति, निर्मला, बबिता, मञ्जु, नीरु र अम्बिका रहेका छन् ।

पत्रकार लीला बरालका वुवा चन्द्रप्रसाद बरालको २०४७ साल साउनमा निधन भएको थियो ।

बुवा पदमलाल घिमिरे र आमा चित्ररेखा घिमिरेको कोखबाट चन्द्रकलाको जन्म १९९० साल मङ्सिर १० गते पाँचथरको लिम्बामा भएको थियो ।

टाढाबाट छोरी लगायतका आफन्त आउन बाँकी रहेकाले स्व। चन्द्रकलाको अन्त्येष्टि शुक्रवार गरिने पारिवारिक श्रोतबाट थाहा भएको छ ।बराल कान्तिपुर दैनिकमा आवद्ध अग्रज पत्रकार एवम् प्रेस क्लव विर्तामोडका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर