Aamsanchar

विश्वकै ठूलो थान्का नेपालमा प्रदर्शनी गरिँदै

Author Image
शुक्रवार, असार ३, २०७३
काठमाडौं।
lord-buddha
भगवान् गौतमबुद्धको जीवनीमा आधारित रहेर बनाइएको विश्वकै ठूलो थान्का नेपालमा प्रदर्शनी गरिने भएको छ ।

नेपाल बौद्धधर्म संरक्षण समितिको आयोजनामा दोस्रोपटक नेपालमा थान्का प्रदर्शनी गर्न लागिएको हो । आगामी नोभेम्बरमा काठमाडौं, लुम्बिनी र पोखरामा थान्का प्रदर्शनी गरिने कार्यक्रम संयोजक प्रभाव रिमालले बताए ।

नेपाली सूर्यबहादुर थकाली र उनका जापानी समकक्षी यासुताडा कातागिरीले विश्वकै ठूलो थान्का निर्माण गरेका हुन् । १ हजार ९ सय किलोग्राम तौल रहेको थान्काको लम्बाई ७० मिटर र चौडाई ५० मिटर रहेको छ ।

नेपाल–जापानबीच द्धौत्य सम्बन्ध स्थापित भएको ६० वर्ष पूरा भएको अवसर पारेर थान्का प्रदर्शनी गर्न लागिएको नेपाल बौद्ध धर्म संरक्षण समिति अध्यक्ष सूर्यबहादुर थकालीले बताए । यस्तै, नेपालको पर्यटन प्रवद्र्धन र विश्व शान्तिको लागि थान्का प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।

समितिले यो थान्का राख्न नेपालमा ठाउँ नभएको र बढी खर्च हुने भएकाले जापानमा नै राख्नुपरेको जनाएको छ । समितिले यो थान्का सुुरक्षित राख्न ४ बिघाहा जमिन आवश्यकपर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर