Aamsanchar

शिक्षा क्षेत्र सुधारका लागि ऐन आउँदै

Author Image
शुक्रवार, असार ३, २०७३

बाबियाचौर (म्याग्दी)।

index

शिक्षा मन्त्री गिरीराजमणि पोख्रेलले राष्ट्रपतिबाट प्रमाणीकरणको तयारीमा रहेको शिक्षा ऐन २०२८ को आठौँ संशोधन गर्न बनेको विधेयकले विद्यालय शिक्षासम्बन्धी विद्यमान समस्या समाधान गर्ने बताउनुभएको छ ।

जिल्ला शिक्षा कार्यालयले शुक्रबार बेनीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा मन्त्री पोख्रेलले उक्त विधेयकले विद्यालय शिक्षाको क्षेत्रमा सुधार र परिवर्तन ल्याउने दाबी गर्नुभयो ।

शिक्षालाई मौलिक हकका रुपमा स्थापित गर्ने नयाँ संविधानको व्यवस्था अनुरुप विधेयक तयार गरिएको मन्त्री पोख्रेलको भनाइ छ ।

शिक्षामा सबैको पहुँच पु¥याउने, विद्यालयमा हुने राजनीतिकरण निरुत्साहित गर्ने, विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुरक्षित गर्ने र शैक्षिक गुणस्तर वृद्धि गरी नेपाली जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने उद्देश्यले ऐन संशोधन गर्न खोजिएको उहाँले जानकारी दिनुभयो ।

शिक्षक राजनीतिक दलको कार्यसमितिमा बस्न नपाउने, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न अभिभावक नभए पनि हुने, पाँच वर्षपछि शिक्षकको सरुवा हुनेलगायतका व्यवस्था प्रस्तावित विधेयकमा गरिएको मन्त्री पोख्रेलले बताउनुभयो ।

उहाँले लामो समयसम्म अध्यापन गराउँदै आएका अस्थायी शिक्षकलाई स्थायी गर्न आन्तरिक प्रतिस्पर्धामा सहभागी हुने वा ‘गोल्डेन हेन्ड चेक’ लिने भन्ने विकल्प रोज्ने अवसर दिइएको बताउनुभयो ।

एक फरक प्रसङ्गमा मन्त्री पोख्रेलले सरकार संविधान संशोधन गरेर छुटेका विषयलाई समेट्न तयार रहेकाले आन्दोलनरत असन्तुष्ट मधेस केन्द्रित दलका नेतालाई वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गर्नुभयो । शिक्षा मन्त्री पोख्रेलसँग म्याग्दीका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र स्रोत व्यक्तिले विभिन्न जिज्ञासा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर