Aamsanchar

यौनसम्पर्क गर्दागर्दै चारजनाको लिङ्ग भाँच्चियो,अप्रेशन सफल

Author Image
शुक्रवार, असार ३, २०७३

धरान ।

धरानमा यौन सम्पर्क गर्ने क्रममा चारजना पुरुषको लिङ्ग भाँचिएको खुलेको छ । लिङ्ग भाँच्चिएका चारैजना पुरुषहरुको धरानस्थित विजयपुर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

लिङ्ग भाँच्चिएका तीन पुरुषहरुको विजयपुर अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर रोशन खतिवडाले शल्यक्रिया गरेका थिए । हप्तादिनको अवधिमा लिङ्ग भाँच्चिएका पुरुषहरु फरक फरक समयमा असप्ताल भर्ना भएपछि शल्यक्रिया गरिएको डाक्टर खतिवडाले बताएका छन् ।

लिङ्ग भाँच्चिएका चारैजना विरामी उपचारपछि घर फर्किएको अस्पतालका प्रशासकीय अधिकृत इन्दु नेपाल योञ्जनले बताएका छन् । यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने पुरुषमध्ये तीनजना विवाहित र एकजना अविवाहित रहेको पनि डाक्टर खतिवडाले बताए ।

लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुमा २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको बताइएको छ । गोपनीयताका कारण शल्यक्रिया गरिएका विरामीहरुको नाम नखुलाइएको विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले बताए ।

लिङ्गको भित्री भागमा रहने मांशपेसी भाँच्चिएर रगत जमेका कारण चारैजनाको शल्यक्रिया गर्नुपरेको चिकित्सकहरुको भनाइ छ ।
यौनसम्पर्क गर्दा लिङ्ग भाँच्चिने समस्या अत्यन्तै कम हुने भएपनि हप्तामा चारजनामा देखिएको यो समस्या धरानमा भने पहिलो भएको अस्पतालका प्रशासकीय अधिकृत योन्जनको दाबी छ ।अन्नपूर्णपोष्टका अनुसार डाक्टर खतिवडाले यस अघि काठमाडौंको शिक्षण्ण अस्पतालमा लिङ्ग भाँच्चिएका सातजना विरामीहरुको शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर