Aamsanchar

प्रवासमा एकताको खाँचो

Author Image
शनिवार, असार ४, २०७३

bharat

भरत शिवाकोटी

[ हाल प्रवासमा ]

                          लामो समयदेखिको देशको अस्थिर राजनीति र त्यसबाट उब्जिएका कैयौं समस्याहरु मध्ये बेरोजगारी समस्या अब्बल दर्जाको समस्या हो । सिप भएका तथा नभएका अनी शिक्षित तथा अशिक्षित लगायतको विशेसत युवा जनशक्ती बेरोजगारिको प्रत्यक्ष समस्यामा गुज्रिरहेको छ । आफुमा भएको सिप र शिक्षालाई आफ्नै देशको माटोमा फलाउने अनी फुलाउने जनशक्ती हुँदै नभएको होइन, सफलता हात नै नलाग्ने पनि होइन र यो शक्ती त्यसतर्फ उन्मुख हुँदै नभएको पनि होइन तर अत्यन्तै न्युन संख्यामा रहेको यो जनशक्ती यावत समस्याहरुले गर्दा आकर्सित हुनुभन्दा पलायन तर्फ लागेको हामी सबै माझ रहेको तितो सत्य हो ।

यी अनेकौं समस्याहरुबाट निराशा सँगै आफ्ना कठिनाईहरुका कारण युवा शक्ती देश छोडेर वैदेशिक रोजगारिको निमित्त विश्वका विभिन्न देशहरु जाने चलन धेरै लामो समयबाट चलेको पाईन्छ । यो सिलसिलामा वैदेशिक रोजगार सम्बन्धी निती नियमको अस्पस्टता, मेनपावर कम्पनिहरुको मनोमानी तथा दलालहरुबाट ठगीको शिकार लगायतका प्रत्यक्ष पिँडा र समस्या भोग्ने वैदेशिक रोजगारिमा जान चाहने कतिपय जनशक्ती आफ्नै देशमा थप कस्टमा परेको छ भने वैदेशिक रोजगारिको निमित्त विदेश पुगेका व्याक्तिहरु समेत अनेकौ समस्याहरुबाट छटपटाइरहेको बिषय कुनै नौलो होइन ।

यिनै वैदेशिक रोजगारिमा रहेका नेपालीहरुको संलग्नतामा आफु रोजगारी गरीरहेको देशमा विभिन्न उदेश्य राखेर राजनीतिक तथा गैरराजनितिक संघ, संस्था खोल्ने र गतिविधी गर्ने काम विगत केही समयबाट निक्कै फस्टाउँदै गएको छ । कोही राजनीतिक दलका भगीनी संगठनका रुपमा त कोही सामाजिक तथा परोपकारीका रुपमा अनी यस्तै मिल्दाजुल्दा उदेश्य राखेर आफ्नो क्षेत्र, जिल्ला, अञ्चल आदी केन्द्रित संघ, संस्थाहरु विभिन्न देशहरुमा कृयासिल हुँदै आएका छन । यसरी खोलिएका केही संघ, संस्थाले समाजमा निक्कै राम्रा र उदाहरणीय काम पनि गरेका छन । युरोपियन मुलुकहरुमा रहेका संघ, संस्था र समाजहरु यस कार्यमा अघिल्लतिर रहेका छन भने खाडी मुलुकहरुमा रहेका संघ, संस्था र समाजहरु अली पछाडि रहेका छन जसमा आ-आफ्नै विसिस्ट कारणहरु छन । ति विसिस्ट कारणहरु भन्दा अन्यखाले कारणहरु पनि कम जिम्मेवार छैनन जसलाई सुक्ष्म रुपमा केलाउने प्रयत्न गरे चिन्न सकिन्छ ।

तर यसलाई हामी वेवास्ता गरिरहेका छौं अथवा सरोकार वाहिरको बिषय ठानिरहेका छौं, जसको परिणाम स्वरुप कतिपय सामाजिक तथा परोपकार अनी समाज विकासको नारा आफ्नो पर्दामा झुन्डयाउनेहरुले यसलाई केवल देखाउने दाँत मात्र बनाएका छन । त्यस्ता संस्था, समाज तथा संगठन नेतृत्व गर्ने व्याक्तिमा न त नेतृत्व गर्ने कुश्लता छ, न त असली समाज सेवाको भावना नै छ । कोही अदृश्य शक्तिहरुको निर्देशनपालक बनेका छन भने कोही समाज सेवाको खोल ओडेर आफ्नो भविश्यको पृस्ठभुमी र स्थान सुरक्षित गर्न खोज्दैछन अनी कोही हिजोको राजा महाराजा जस्तो वरिपरिका भाईभारदारको भरमा आफ्नो हैकमवादको शासन चलाऊदैछन भने कोही नातावाद र कृपावाद सँगै चाकडिको निगाहमा आफ्ना अनेकौ उदेश्यहरुको हतियार यिनै समाज, संस्था र संगठनलाई बनाएर आफूलाई असली समाजसुधारक परिभाषीत गर्दैछन ।

असक्षमता अनी कमजोरिलाई सुधार्न आत्मासाथ गर्दै आत्मालोचित नहुने, पद्दती र प्रणालीको ज्ञान नै नहुने तथा त्यसलाई आफु अनुकुल परिभाषीत गर्दै व्याक्ती हावी हुने, समुहको सामुहिक निर्णयलाई अस्विकार र नजरान्दाज गर्ने, समुहभित्रै आफु अनुकुल गुटबन्दी खडा गर्ने, अनैतीक र उच्छृङ्कल व्याक्तिहरुको हावी बनाउने, कुनैपनी निर्णय वा छलफल अनी निस्कर्शको चाबी व्याक्तिको खल्तिमा बन्दी बनाउने, पारदर्शितालाई लुकाउने अथवा नदेखाउने आदी थुप्रै कारणहरुले कतिपय सिङ्गो समाज र संस्था आज बदनामिको शिकार हुन पुगेका छन ।

सत्यलाई स्विकार गर्न नसक्दा अनी आफु रहेमात्र आफ्नो समाज वा संस्था रहने सन्किर्ण सोच बोक्नेहरुका कारण राजनीतिक तथा गैरराजनितिक संघ, संगठनहरु चोइटिएर छुट्टाछुट्टै गतिविधी गर्दै आफु-आफुलाई समाज तथा संगठनको सत्यराम बताउँदै हिँडिरहदा आची गर्नेलाई भन्दा हेर्नेलाई लाज भएको छ । हिजो सम्म कुममा कुम मिलाएर एउटै उदेश्य प्राप्तिका निमित्त गोलबद्द भएकाहरु आज आ-आफ्नो समुहमा विभक्त भएका छन । त्यतिमात्र होइन आफुलाई समाज तथा संस्थाको कमाण्डर मान्नेहरु, नेतृत्वदायी मर्यादामा रहनेहरु फुट र विग्रहको सन्तापले पोलेर अत्यन्तै गैर जिम्मेवार, अपाच्य र फोहोरी शब्दहरुको होली खेल्दै एकले अर्काको धज्जी उडाउँदै आफ्नो सोचको असली कर्तव्य पुरा गर्दैछन । सालीनता, तर्क, मर्यादा जस्ता सामान्य आचरणहरुलाई फोहोर फ्याँक्ने टोकरीमा फ्याँकिएको छ । अपरिपक्व नेतृत्वका कारण आर्थिक कारोबारका व्याक्तिहरु फरार भएका घटना समेत छन भने अपारदर्शिता धेरैमा चुलिदै गएको छ । सस्तो लोकप्रियताका निमित्त कोही एकले अर्कालाई समाज सेवामा उच्छिन्ने होडबाजिमा केही क्षणका लागि किनिएका चर्चा र परिचर्चा बटुलेर दुनियाँको ध्यान खिच्न खोज्दैछन भने कोही एकले अर्काको जरा काटनुमा नै आफुलाई सफलता उन्मुख सोचिरहेका छन । जतिसुकै कोशीस गरेपनी हत्केलाले सुर्यलाई कसैले छेक्न सक्दैन, जब नियत नै खराब भएकाले गर्ने यस्तो खेती कती दिन टिक्छ र ! सुतेका मान्छेलाई उठाउन सजिलो हुन्छ तर सुते जस्तो नाटक गरेका मान्छेलाई कसरी उठाउने ?

एकातिरको चरित्र यसरी आत्मारतिमा रमाउने छ भने अर्कोतिर कडा परिश्रम गर्नपर्ने तर त्यस अनुसारको ज्याला नपाउनेहरुको कथा भित्रको कथा र पिँडा कम मार्मिक र दु:खमय छैन । एउटै जिल्लामा कम्तिमा एकदेखी बढीमा ३-४ वटा सम्म खोलिएका संघ, संगठनलाई पाल्ने तल्लो ज्यालादारिमा काम गर्ने मजदुरहरु विभिन्न नाममा बारम्बारको चन्दा रकमबाट मारमा परेका छन भने उनिहरु नै भिन्न भिन्न झुन्डमा विभक्त समाज र त्यसमा रहेका मुठ्ठिभरका व्याक्तिहरुका कारण सँगै रहेका आफ्ना साथीभाईहरु एवम जिल्लावासी मित्रहरुको मित्रता र भाईचारा सम्बन्धबाट विस्तारै टाढिदैं गएका छन । समाज तथा संस्थाको उन्नती र प्रगतिका खातिर कमजोरी औंल्याउनेहरु, एकतामा बल हुन्छ भनेर विश्वास दिलाउन खोज्नेहरु संस्था तथा समाज मठाधिसहरुका नजरमा विरोधी र सत्य खुट्ट्याउन्न नसक्ने आलोचक बनेका छन । समाजको लक्ष्य र उदेश्य प्रधान कुरा हो तर को व्याक्ती भन्ने गौण कुरा हो भन्नेमा विश्वास गर्नेहरु सँगै विभिन्न झुन्डमा विभक्तहरुलाई एकत्रित गरेर एउटा सिङ्गो समाज बनाउन चाहनेहरुको आवाजहरु ओझेलमा पारीएको छ । किनभने यहाँ केही व्याक्ती पद र प्रतिस्ठा अनी अभिस्टतामा तल्लिन बनेका छन जसका आँखाहरुले ’मम सर्वभव’  बाहेक अरु केहीपनी नियाल्न सक्दैन ।

यी र यस्तै कैंयौ आन्तरिक समस्याहरुको चङ्गुलभित्र डुबेर समाज सेवा जस्तो पवित्र कामलाई वास्तविक एकता, सहकार्य, सहभाव, समभाव र सदभावयुक्त बनाएर अगाडि लैजान किमार्थ संभव छैन । साँच्चिकै असल मन लिएर असल उदेश्य राखेर काम गर्ने हो भने पुर्वाग्रहको विस्कुन लगाउनेहरुले आफ्नो साँघुरो छातीलाई फराकिलो र चौडा गर्न सक्नुपर्छ । कमजोरी र गल्तिहरुलाई समिक्षा गरेर आत्मालोचित हुँदै आफुमा भएको सिप, उर्जा, ज्ञान अनी सम्भव भएका सबै चिजहरुले संघ, संस्थाको उदेश्यलाई भिजाउन सक्नुपर्छ सँगै अगाडिको लक्ष्यलाई प्राप्त गर्ने साहस र ल्याक्तलाई समयनुकुल र आवश्यकता अनुरुप परिवर्तन गर्दै लैजान सक्नुपर्छ । समाज सेवाको पवित्रतालाई साँच्चै नै समाज सेवा भन्न लायक बनाउने हो भने हरेक व्याक्तिले असल कर्ममा विश्वास गर्न सक्नुपर्दछ, यो नै २१ औं शताब्दिको वास्तविक आवश्यकता र मानव धर्म पनि हो । भावनामा विभिन्न बिषयमा जोडेर वहकिएका भनाइहरु व्यक्त गर्दैमा क्षणिक सहानुभुति र समर्थन त पाउन सकिएला तर यथार्थतामा त्यस्ता कार्यहरु कपटी नै परिभासित हुन्छन जो व्याक्तिका लाभका निमित्त चलाईएका हतियार वाहेक केही हुँदैनन । आपत पर्दा कुनै भगवानको नाम भजाएर गेरु वस्त्र र विभिन्न वस्तुहरु शरिरमा धारण गर्दैमा व्याक्तिले गरेका काला कर्महरुको प्रायश्चित हुन सक्दैन । आजको कर्म र धर्म अनी सेवा भनेको मन्दिरभित्रको मुर्तिलाई लिटरका लिटर दुध चढाउने होइन मन्दिर वाहिर दुध पिउन नपाएर छटपटाइरहेको बालकलाई दुध पिलाउने हो । यसो भनिरहदा मन्दिर तथा मुर्तिको अपहेलना गरेको भन्ने अर्थ नलागोस, मन्दिर, मुर्ती र व्याक्ती तथा नेपाली समाजका विभिदताहरु आ-आफ्नो विश्वास र आस्था हुन तर यी सबै विभिदताहरुले समेत स्विकारेको असल कर्म मानव धर्म र समाज सेवा नै हो । विडम्बना आज यो सत्य र वास्तविकता व्याक्तिको माखे चित्तले हराउँदै गएको छ । समाज सेवा निरन्तर बग्ने नदी हुनपर्ने तर बर्खे खहरे हुन पुगेका छन जो बर्षा हुँदा किनारा सम्म नदेखिने रुप बर्षा रोकिए लगत्तै बगरमा कमिला हिँडने नियती ।

अत, माथिका समस्याहरु र वास्तविक समाज सेवाको कडिलाई सबैले आत्मासाथ गरेर हातेमालो गर्न सके साना आँखाहरुले देखेको सुन्दर सपना साकार बन्न सक्दछ । एकले अर्कालाई पिँडा र दु:खहरुमा काँध थाप्ने दायरा फराकिलो हुन सक्दछ अनी राजनीतिक होस अथवा गैर  राजनितिक दुवैको मुख्य मर्म समाज, जनता र देशलाई सेवा गर्ने कामबाट धेरैको मस्तिस्कमा परिवर्तनको चेतना छर्दै समृदिको बाटो तर्फ उन्मुख एउटा विश्वसनिय उदाहरण बन्न सक्दछ । तसर्थ संघ, संस्थाका नेतृत्वमा रहने विद्वानहरुले यो सोच्न जरुरी छ कि फुट र विभाजनमा गएर भएपनी आफु माथि रहने कि एकता र सहकार्यमा समाज तथा संस्थालाई माथि राखेर अगाडि जाने ? परिवर्तन र समृदिको बाटोमा सबैलाई सुसंस्कृत बनाउँदै अगाडि लिएर जाने कि परम्पराको नाममा कुरितिलाई मात्र अनुसरण गर्दै यथास्थितिमा आफु सुरक्षित रहँदै संकुचित सोचको आत्मारतिमा रमाउने ? यस्तो व्यथितिलाई बोक्नेहरुले कहिले सम्म बोक्ने अनी रमाउनेहरु कहिले सम्म रमाउने  ?

स्मरण रहोस, परिवर्तनको बाटोलाई अब कुनै शक्ती वा महाशयले रोकेर रोकिने छैन जो हरेक तह र तप्कासम्म ढिलोछिटो आइपुग्नेछ । समाजको विकासक्रम यस्तो छ कि हाम्रा बाबुआमाको सोचभन्दा हाम्रो सोचमा धेरै परिवर्तन छ अनी हाम्रो सोच भन्दा हाम्रा सन्ततीहरुको सोचमा धेरै परिवर्तन हुँदैछ । यही सोच नै हो रुढिवादिलाई संस्थागत गर्ने अनी अनेकौ छलकपट र  वहानावाजीमा आफुलाई सुरक्षित बनाउन खोज्नेहरुलाई असिना जमिनमा पछारिए झै पछार्ने । यही सामान्य कुरालाई आधार मान्ने हो भने अब जुनसुकै नाराको खोल ओडेर नेपथ्यामा काला कार्यमा रमाउनेहरु सुरक्षित छैनन किनभने हरेक व्याक्तिको चेतनास्तर बढदैछ, सङलिदैछ जसको परिणामस्वरुप असत्यताको पर्दाहरु च्यातिनेछन चाहे त्यो समाज सेवाको क्षेत्र होस वा गैर समाज सेवाको क्षेत्र नै किन नहोस । ठुलाहरुले सानाहरुलाई ढाँटन सक्लान अथवा ठुलाहरुलाई नै पनि बाँकी नराख्लान तर सत्य यो हो कि जसलाई जती नै ढाँटे पनि व्याक्ति आफुले आँफैलाई ढाँटन कहिल्यै सक्दैन । यसैले परिवर्तनको पथमा विना कपट अविचलित भएर लाग्ने सत्यलाई सबैले स्विकार गर्दै एकतामा अगाडि बढौं अन्यथा समयले परिवर्तन विरोधिहरुलाई छोडनेछ सँगै दण्डित पनि गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)