Aamsanchar

मोरङमा क्षयरोगी बढे

Author Image
शनिवार, असार ४, २०७३

उर्लाबारी । 
index

मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ ।

गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका क्षयरोग कार्यक्रम संयोजक नारायण श्रेष्ठले बताउनुभयो ।

गत आवमा स्वास्थ्य केन्द्रबाट ७० जना व्यक्तिमा क्षयरोग देखिएको थियो । सत्तरी जना क्षयरोगीमध्ये २९ जनाको रोगको उपचार पूरा भएको थियो भने ३१ जना पूर्णरुपमा स्वस्थ भएका थिए । बाँकी १० जनामध्ये तीन जनाले औषधि सेवन गरी छाडेका, तीन जनाको मृत्यु भएका, तीन जना सम्पर्कविहीन भएका र एक जनामा रोग पूर्णरुपमा देखिएको संयोजक श्रेष्ठले बताउनुभयो ।

चालु आवको पहिलो महिना साउनमा उर्लाबारीमा नयाँ क्षयरोगीको सङ्ख्या छ जना थियो । भदौमा आठ, असोजमा छ, कात्तिकमा आठ, मङ्सिरमा आठ, पुसमा छ, माघमा तीन, फागुनमा पाँच, चैतमा सात, वैशाखमा सात र जेठमा छ जना गरी ७३ जना नयाँ क्षयरोगीले अस्पतालबाट नियमित औषधि लिएको उहाँले जानकारी दिनुभयो ।

उर्लाबारीका ७३ जना क्षयरोगीमध्ये वडा नम्बर १ मा सर्वाधिक १४ जना रहेका छन् भने वडा नम्बर ६ र ४ मा १०÷१० जना र वडा नम्बर ८ मा एक जनामात्र रोगी भेटिएका छन् । बाँकी रोगी अन्य वडामा रहेको स्वास्थ्यकेन्द्र मङ्गलबारेले जनाएको छ । नयाँ क्षयरोगीमध्ये दुई जनाको मृत्यु भएको छ ।

क्षयरोगका बिरामीलाई आठ महिनासम्म तालिम प्राप्त स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि खुवाउने व्यवस्था मिलाइएको र गम्भीर प्रकृतिका बिरामीलाई स्वास्थ्य संस्थामा राखेर औषधि उपचार सेवा दिने गरिएको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका प्रमुख डा खड्क लिम्बूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर