Aamsanchar

अप्परमाई राष्ट्रिय प्रसारणमा

Author Image
शनिवार, असार ४, २०७३

इलाम।

hydropower-e1449216376296

पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको हो ।

अप्परमाईको उत्पादन सुरू भएस“गै जिल्लाको कुल विद्युत् उत्पादन क्षमता ५२ मेगावाट पुगेको छ । “सबै प्रकारको परीक्षण सफल भएपछि राष्ट्रिय प्रसारणमा हाम्रो आयोजनाको विद्युत् पुगेको छ,” कम्पनीका कार्यकारी निर्देशक सन्तोष प्रधानले भन्नुभयो – “यो आयोजनाले विद्युत्को चर्को अभाव टार्न सहयोग गर्नेछ ।” प्रसारण लाइनमा जोडिए पनि १५ दिनसम्म परीक्षणको रूपमा आयोजनाले विद्युत् प्रवाह गर्नेछ । मङ्गलबार छ दशमलव पा“च मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

रु एक अर्ब ९२ करोडको लागतमा माबु र माइमझुवामा सञ्चालित आयोजनाले मावुदेखि गोदकसम्मका ५५ वटा टावरमार्फत ट्रान्समिसन लाइन जडान गरेको छ । पञ्चकन्या ग्रुप प्रवद्र्धक रहेको आयोजनामा नबिल, ग्लोबल, एभरेस्ट, एनएमबी र नेपाल बैंकले ऋण लगानी गरेका छन् ।

कम्पनीले छ दशमलव एक मेगावाटको क्यासकेटको पनि ७५ प्रतिशत काम सकिएको जनाएको छ । जिल्लामा पुवाखोला, माइखोला, सानिमा र माथिल्लो पुवाखोला गरी ४३ मेगावाट क्षमताका विद्युत् आयोजना सञ्चालनमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 319

प्रतिक्रिया (०)

सम्बन्धित खबर