Aamsanchar

युरोकपका खेल रोमाञ्चक मोडमा

Author Image
शनिवार, असार ४, २०७३

झापा ।

urocup

युरोकप फुटबल प्रतियोगितामा आज पनि विभिन्न तीन खेल हुँदैछन् । आज समुह ई को आयरल्याण्ड र बेल्जियम तथा समुह एफको आईसल्याण्ड र हंगेरी तथा पोर्चुगल र अष्ट्रिया भिड्नेछन् ।

आयरल्याण्डले पहिलो खेलमा स्बिडेनसंग बराबरी खेलेकाले नकआउट चरण प्रबेशको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।

त्यस्तै समुह एफको शिर्ष स्थानको हंगेरी र आईसल्याण्डबिचको खेल भने राती पौने १० बजे सुरु हुनेछ । आजैको तेश्रो खेलमा पोर्चुगल र अष्ट्रीयाबिच राती पौने १ बजे प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल बराबरीमा सकिाएको पोर्चुगललाई अघिल्लो चरण प्रबेशको सम्भाबना कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।  यसैबीच  स्पेन र ईटाली युरोकप फुटबलको नकआउट चरण प्रबेश गरेका छन् । चेक रिपब्लिक र क्रोएसियाले भने २–२ को बराबरी खेल्दै अंक बाडेका छन् । समुह ई अन्र्तगत गएरातीको खेलमा स्विडेनलाई १–० ले पराजित गर्दै ईटाली अघिल्लो चरणमा प्रबेश गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ दुबै टोलीले गोल रहित बराबरी खेलेपनि खेलको ८८ औ मिनेटमा इटलीका ईडर स्ट्रकले गरेको गोल उसको जितमा निर्णायक बन्यो । इटलीले पहिलो खेलमा बेल्जियमलाई २–० ले हराएको थियो ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा चेक रिपब्लिक र क्रोएसियाले २–२ को बराबरी खेलेका छन् । क्रोएसियाले खेलमा २–० को सुरुबाती अग्रता बनाएपनि अन्तिम १५ मिनेट सम्हालिन नसक्दा अंक बाड्न बाध्य बन्यो ।

उसले खेलको ३७ र ५९औं मिनेटमा चेक रिपब्लिक बिरुद्ध गोल गरेको थियो । खेलको ७५औ मिनेटमा एक गोल फर्काएको चेकले ८९औ मिनेटमा पेनाल्टि मार्फत बराबरी गोल फर्काएको थियो । अन्तिम समयमा रोफ्रिले पेनाल्टि दिएपछि खेल मैदान केहिबेर तनाबपुर्ण बनेको थियो ।

क्रोएसियाका समर्थकले असन्तुष्टि जनाउदै रेफ्रिको निर्णयबिरुद्ध प्रर्दशन समेत गरेका थिए । त्यसक्रममा समर्थकबीच नै झडप भएको र केहि घाईते समेत भएको विविसीले जनाएको छ । सोहि समुह अन्र्तगतको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनले टर्किलाई ३–० ले हराउदै नकआउट चरणमा स्थान बनाएको छ ।

स्पेनको जितमा अल्भारो मोराताले दुई तथा मानुएल नालिटोले एक गोल गरे ।  लगातार दोश्रो जितपछि ६ अंक सहित स्पेन तालिकाको शिर्ष स्थानमा छ । दोश्रो स्थानको क्रोएसियाको ४ र तेश्रो स्थानको चेक रिपब्लिकको १ अंक छ । टर्कि भने तालिकाको पुछारमा अंकबिहिन छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर