Aamsanchar

मेची भन्सारले लक्ष्य अनुसार राजश्व उठाउन सकेन

Author Image
आइतवार, असार ५, २०७३

 

झापा ।mmm

मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले चालू आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसक्ने भएको छ ।
कार्यालयले चालू आर्थिक वर्षका लागि ७ अर्ब ४५ करोड ९८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिए पनि लक्ष्य पुरा नहुने निश्चित भएको प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनुभयो । तीन महिनालामो नाका बन्दीका कारण लक्ष्य अनुरुप राजश्व संकलन गर्न नसकिएको उहाँको भनाई छ ।
चालू आर्थिक वर्षको ११ महिनामा कार्यालयले रु ६ अर्व ४१ करोड ४३ लाख ५७ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्न सफल भएको उहाँको भनाई छ ।
अघिल्लो आर्थिक वर्ष कार्यालयले लक्ष्य भन्दा १०२.८४ प्रतिशत बढीले राजश्व संकलन गरेको अधिकारीको भनाई छ । आर्थिक वर्ष २०७१÷०७२ मा चार अरव ८० करोड ८३ लाख २३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएपनि ५ अरव ७२ करोड, १४ लाख दुई हजार रुपैयाँ राजश्व असुली भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर