Aamsanchar

पूर्वबाट चार महिनामा १४८ महिलाको उद्धार

Author Image
आइतवार, असार ५, २०७३

 

(नरेन्द्र ढकाल) झापा ,

download

पूर्वका चेलीलाई पश्चिमका नाकाबाट र पश्चिमका चेलीलाई पूर्व तर्फबाट भारती हुदै विभिन्न देशमा बेच्न लाने गरेको खुलासा भएको छ ।

वैदेशिक रोजागरीमा महिलाहरु जाने क्रम बढेसंगै बेचिने चेलीहरुको संख्या पनि बढ्दै गएको चेलीबेटी बेचविखन विरुद्ध सक्रिय रुपमा लागेको माइती नेपालले जनाएको छ ।
माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले आमसञ्चारसंगको टेलिफोन सम्र्पकमा भने– पूर्वका महिलालाई पश्चिम र पश्चिमका महिलालाई पूर्वका नाकाबाट दलालहरुले लैजाने गरेको पाइएको छ। यसकै उदाहरणको रुपमा शुक्रबार कञ्चारपुरबाट विर्तामोडका महिलाको उद्धारलाई लिन सकिने उनको भनाई छ ।

दलालहरुले हाल पश्चिम नाकालाई बढी प्रयोगमा ल्याएको घिमिरेको भनाई छ । पूर्वका पनि धेरै महिलाहरु पश्चिमका नाकाबाट भारतसहित विभिन्न खाडी मुलुकमा पु¥याएको र पश्चिमका धेरै महिलाहरुलाई पूर्वका नाकाबाट विभिन्न समयमा भारत पु¥याएका कारण पनि दललहरुको गिरोह देशभर नै सक्रिय रहेको घिमिरेको भनाई छ ।
सन् २०१६ को ४ महिनाको अवधिमा १४८ जना महिलाको उद्धार गरिएको माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरेले जानकारी दिए । अधिकांशलाई नाकाबाट नै उद्धार गरिए पनि ४ जनालाई भने भारत पु¥याइ सकेपछि पनि उद्धार गर्न सफल भएको घिमिरेको भनाई छ ।

सो अवधिमा ५१ जना महिला हराएको निवेदन माइती नेपालमा दर्ता भएको र १३ जना मात्र फेला पार्न सफल भएको जनाइएको छ । पश्चिमका सिन्धुपाल्चोक, दोलखा, धादिङ, गोरखा, पाल्पा, लगायतका जिल्लाबाट महिलाहरुलाई दलालले विभिन्न प्रलोभनमा पारेर बेच्ने गरेको पाइएको घिमिरेले बताए ।

 

कांकरभिट्टा नाकामा कडाई गरेसंगै पूर्वकै पशुपतिनगर, भद्रपुर लगायत दक्षिणी क्षेत्रबाट पनि महिलाहरुलाई भारतका विभिन्न कोठीमा पु¥याउने गरेको चेलीबेची बेचबिखन विरुद्ध सक्रिय रुपमा लागेका संस्थाहरुको भनाई छ । उक्त अवधिमा मानव बेचबिखनमा संलग्न ६ जनालाई पक्राउ गर्न सफल भएको घिमिरेको भनाई छ । माइती नेपालले प्रहरी, जिल्ला प्रशासन कार्यालय , महिला विकास कार्यालय, बालकल्याण समिति लगायतका विभिन्न सरकारी निकायसंग सहकार्य गरेर काम गरिरहेको बताए ।
दलालहरुले भारतयी सिमाको प्रयोग गर्दापनि नेपालीहरुको बाहुल्य रहेको क्षेत्र नै प्रयोग गर्ने गरेको जनाइएको छ । पश्चिममा भारतको देहरादुन तथा पूर्वमा पानीट्याङ लगायतका स्थानको बढी प्रयोग गर्ने गरेको बताइएको छ ।

शिक्षित महिलाहरु पैसा कमाउने मोहमा पर्ने भएकाले दलाले पैसाको प्रलोभन देखाएर कोठीहरुमा पु¥याउने गरेको चेलीबेटी बेचबिखन विरुद्ध सक्रिय रहेका संस्थाहरुले बताएका छन् । चेलीबेची बेच्न महिलाहरु नै पनि सक्रिय रहेको पाइएको माइती नेपालका घिमिरेले बताए । पूर्वमा मानव बेचबिखन विरुद्ध सक्रिय रुपमा रहेका संस्थाहरु बीच सहकार्य नहुदाँ प्रभावकारी रुपमा काम नभएको स्थानीयको भनाई छ । संस्थाहरु धेरै रहेपनि उनीहरु कांकरभिट्टा केन्द्रित हुदाँ दालले अन्य नाकाको उपयोग गर्दै महिलाहरुलाई भारतका विभिन्न कोठीमा पु¥याउने गरेको पाइएको छ । माइती नेपालका पूर्वाञ्चल संयोजक घिमिरले उद्धेश्य एउटै भएपनि कसरी काम गर्ने भन्ने विषयमा भने सहकार्य हुन नसकेको स्वीकार गरेका छन् ।

यसैबीच इलाका प्रहरी कार्यालय कांकरभिट्टाका डिएसपी श्यमकृष्ण अधिकारीले महिलाहरुले नै भारतमा आफ्न्त रहेको भन्दै नाटक गरेर पनि जाने गरेको पाइएको बताए । पश्चिमका चेली पूर्वमा र पूर्वका पश्चिममा लागेर दलाहरुले सिमा कटाउने गरेको भनदै प्रहरीले सक्रियता बढाइरहे पनि स्वयं महिलाहरु नै सचेत नभए सम्म चेलीबेटी बेचबिखन रोकन कठिन हुने बताए । शिक्षित महिलाहरु पनि दललाको फन्दामा पर्ने गरेको डिएसपी अधिकारीको भनाई छ ।

यसैबीच कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित बसपार्कबाट भारत जान हिँडेका झापा विर्तामोडका छ जना महिलाको साना हात नामक गैरसरकारी संस्थाले शुक्रबार साँझ उद्धार गरको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर