Aamsanchar

कक्षा ११ को पठनपाठन साउन १६ देखि

Author Image
आइतवार, असार ५, २०७३

भक्तपुर। 

ljgfzsf/L e"sDksf sf/0f Ps dlxgfkl5 ;~rfngdf cfPsf] sIff !@ sf] klxnf] lbgsf] k/LIff lbFb} 5fqf . tl:a/ M k|bLk/fh jGt, /f;;

देशभरका उच्च माध्यमिक विद्यालयले आगामी साउन १५ गतेभित्र कक्षा ११ का लागि विद्यार्थी भर्ना लिइसक्नुपर्ने भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले देशभरका उच्च माविलाई निर्देशन जारी गर्दै साउन १५ गतेभित्र विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन १६ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।  नतिजाको ग्रेडिङका आधारमा विद्यार्थी भर्ना लिन परिषद्ले उमाविहरूलाई निर्देशन जारी गरेको हो ।
कक्षा ११ का विद्यार्थीले भदौ मसान्तसम्म विद्यार्थीको रजिस्ट्रेसन आवेदन बुझाइसक्नुपर्ने गरी शैक्षिक क्यालेन्डरसमेत सार्वजनिक गरेको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो ।  त्यसैगरी, कक्षा १२ को हकमा भने साउन १ गतेसम्म विद्यार्थी भर्ना गरिसक्नुपर्ने र साउन २ गतेदेखि पढाइ सञ्चालन गरिसक्न परिषद्ले निर्देशन दिएको छ ।
त्यसैगरी, कक्षा ११ को परीक्षा २०७४ वैशाखको अन्तिम सातासम्म र कक्षा १२ को वैशाख दोस्रो सातासम्ममा परीक्षा सञ्चालन गर्नसमेत परिषद्ले उमाविलाई निर्देशन दिएको छ ।  उमाविहरूले कक्षा ११ को कात्तिक मसान्तभित्र र कक्षा १२ को साउन मसान्तभित्र नतिजासमेत सार्वजनिक गरिसक्नुपर्ने निर्देशन दिएको छ ।
त्यसैगरी, गरिब र जेहेनदार विद्यार्थीलाई ११ कक्षामा पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।  छात्रवृत्तिका लागि विद्यार्थीले ११ वटा क्षेत्रीय कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विज्ञान र व्यवस्थापन विषयका लागि साउन १ गते हुने प्रवेश परीक्षामा ७० प्रतिशत र एसएलसीमा ल्याएको ३० प्रतिशतका आधारमा सबैभन्दा धेरै अङ्क ल्याउनेले छात्रवृत्ति पाउने व्यवस्था गरेको छ ।  परिषद्का अनुसार सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई छात्रवृत्तिका लागि विशेष प्राथमिकता दिने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर