Aamsanchar

युरोकपमा तेस्रो चरणका खेलहरु सुरु हुँदै, पेनाल्टीमा चुके रोनाल्डो

Author Image
आइतवार, असार ५, २०७३

झापा । 

cr-portugal

फ्रान्समा जारी युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् । यो चरणका खेल सकिएपछि समुहबाट प्रि क्वाटरफाईनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

आज राति समुह ए का अन्तिम लिग खेलहरु हुनेछन् । राति पौने १ बजे हुने खेलमा आयोजक फ्रान्स र स्विट्जरल्याण्ड भिड्दा रोमानियाले अल्बानियाको सामना गर्नेछ । यो समुहबाट फ्रान्स अर्को चरणमा पुगिसकेको छ भने अल्बानिया समुह चरणबाटै बाहिरीने निश्चित भइसकेको छ ।

युरोकप फुटबलअन्तर्गतको पछिल्लो खेलमा बेल्जियमले आयल्याण्डलाई पराजित गरेको छ । समुह ई को दोस्रो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३–० ले हराएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे भने एक्सेल विट्जलले एक गोल थपे । पहिलो खेलमा ईटालीसँग २–० ले पराजित भएको बेल्जियमले शनिबारको जितपछि अर्को चरणमा पुग्ने सम्भावना जिवित पारेको छ ।

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको अर्को खेलमा पोर्चुगललाई अष्ट्रियाले बराबरीमा रोकेको छ । खेलको ७९ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई क्रिश्चियानो रोनाल्डोले गोलमा बदल्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

शनिबार राति नै भएको अर्को खेलमा आईसल्याण्ड र हंगेरीले १-१ गोलको बराबरी खेलेका छन् । खेलको ४० औं मिनेटमा पाएको पेनल्टीलाई गोलमा बदल्दै जिल्फी सिगुर्डसनले आईसल्याण्डलाई अग्रता दिए । खेल सकिन दुई मिनेट मात्रै बाँकी छँदा आईसल्याण्डका सेभार्सनले आत्माघाति गोल गरेपछि खेल एक एक गोलको बराबरीमा सकिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर