Aamsanchar

सडकका अतिक्रमण हटाउन बल प्रयोग

Author Image
आइतवार, असार ५, २०७३

…cltj|md0fÚ x6fpg an k|of]u emfkfsf] rf/cfnLdf /fhdfu{sf 5]pdf sl/a kfFr aif{clwb]lv Joj;fo ;~rfng ub}{ cfPsf Ps bh{g a9L 6x/f ;8s ljefu / jg sfof{non] an k|of]u u/L x6fPsf 5g . tl:a/ M rGb|snf e08f/L, emfkf, /f;;

काँकडभिट्टा (झापा) ।

राजमार्गका छेउमा व्यवसाय सञ्चालन गर्दै आएका एक दर्जन बढी टहरा सडक विभाग र वन कार्यालयले बल प्रयोग गरी हटाएका छन् ।
सडक तथा वनको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका चारआली सैनिक ब्यारेक उत्तर राजमार्ग छेउका एक टहरा हटाइएका हुन् । दुहागढी–४ को त्यस जग्गामा करिब पाँच वर्षअघिदेखि सब्जी बजार समेत सञ्चालन हुँदै आएको थियो । विभाग र कार्यालयको अनुरोधमा प्रहरी र वन रक्षक सहितको बलले टहरा हटाइएको हो । वन कार्यालयका रेन्जर राजन राईले वन अतिक्रमण गरी बनाइएका टहरा तथा पसल हटाइएको बताउनुभयो । उहाँले प्रगति सामुदायिक वनका क्षेत्रमा रहेका पसलधनीलाई आफैँ हटाउनका लागि तीन दिनको म्याद दिइएको बताउनुभयो ।

टहरा उठाउन आउँदा पसलधनीहरूले जनाए पनि उनीहरूका पक्षमा चारआली बजार व्यवस्थापन समिति, राजनीतिक दल तथा गाविसका कोही पनि थिएनन् । बजार व्यवस्थापन समितिका अध्यक्ष कुमार भट्टराईले सडक क्षेत्रका टहरा हटाउन बारम्बार सम्बन्धित पसलधनीसँग आग्रह र छलफल गर्दा सहमतिमा नआएको बताउनुभयो । गाविसका पहलमा सर्वदलीय छलफल गर्दा समेत सहमतिमा नआएपछि प्रशासनले नै हटाउनुपरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर