Aamsanchar

चिठ्ठा पर्यो भन्दै ठगी गर्ने दुई पक्राउ

Author Image
आइतवार, असार ५, २०७३

बिर्तामोड, ।

2.1

सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न ब्यक्तिहरुलाई चिठ्ठा प¥यो भनेर ठगी गर्ने दुई ब्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा झापाको शनि–अर्जुन नगरपालिका १ निवासी ३३ वर्षीय सन्तोष भट्टाराई र भारतको माल्दा पुकुरिया बस्ने २७ वर्षीय सिनाहुल हक रहेका छन् । उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विभिन्न विदेशी ब्यक्तिको नामामा नक्कली फेसबुक आईडी बनाएर नेपाली मोबाईल प्रयोगकर्तालाई फेसबुक तथा मोबाइलमा तपाईको नाममा ५० हजार पाउण्ड र अन्य विभिन्न पुरस्कार परेको र त्यस बापत केही रकम कर स्वरुप लाग्ने भन्दै विभिन्न ब्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाएर रकम प्राप्त भएपछि सम्पर्कमा नै नआउने गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाईपक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी खड्गप्रसाद खत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई ठगी मुद्धा अन्र्तगत मुद्धा दायरगरी अनुसन्धान सुरु गरीको प्रहरीले जनाएको छ । प्रहरीले यदि अरु कसै चिठ्ठा प¥यो भनेर प्रलोभनमा पार्न सक्ने भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर