Aamsanchar

झापामा बाबुराम र धर्मशिलाविरुद्ध उजुरी

Author Image
सोमवार, असार ६, २०७३

baburam
बिर्तामोड ।
झापाबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईंविरुद्ध गम्भीर मानवअधिकार उल्लङ्घनमा उजुरी परेको छ ।
हाल नयाा शक्ति पार्टीका प्रमुख समेत रहेका डा. भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाईं इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भनी उनीहरू विरुद्ध आरोप लगाइएको छ । २०५६ साल कार्तिक २४ गते राति १० बजे घरमा सुतिरहेको बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत् सत्य निरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी बुझाएका छन् ।
उक्त जघन्य अपराधमा दमक बाह्रघरेका टंक ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ । घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेश गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊा भनी उजुरी गरेका छन् । उनले हरेक मान्छेको बााच्न पाउने अधिकार छादाछादै सर्वसाधारणमाथि भएको हत्यामा संलग्नलाई कडाभन्दा कडा सजायको उजुरीमार्फत् माग गरेका छन् ।
हाल भट्टराई परिवार झापाको शनिअर्जुन–५ मा बसोबास गर्दै आएको छ । भट्टराईले असार २ गते स्थानीय शान्ति समितिमार्फत् उक्त उजुरी बुझाएका हुन् । यसैबीच स्थानीय शान्ति समिति झापाको कार्यालयका शाखा अधिकृत प्रवीर घोषका अनुसार सत्य निरूपण तथा मेलमिलापसम्बन्धी हालसम्म ५ सय७ वटा उजुरी परेका छन् । त्यस्तै बेपत्तासम्बन्धी २८ वटा उजुरी प्राप्त भएको घोषले जनाए । शान्ति मन्त्रालयले झापामा ४ सय ४० जना द्वन्द्वपीडित भएको प्रमाणित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर