Aamsanchar

मेची राजमार्गको मर्मत कार्य सुरु

Author Image
सोमवार, असार ६, २०७३

mechi-highway

इलाम ।

पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको आवधिक मर्मत कार्य (रिसिलिङ) सुरु गरेको छ ।

राजमार्ग कालोपत्रे भएयता आवधिक मर्मत हुन नसकेकाले यसपालि टेन्डरमार्फत आवधिक मर्मत थालिएको हो ।

क्षमताभन्दा बढी भार भएका गाडीको आवतजावत र लामो समयदेखि आवधिक मर्मत नहुँदा राजमार्ग जीर्ण बनेकाले चालु आवमै आवधिक मर्मतको काम सुरु गरिएको पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामका प्रमुख शिव दाहालले बताउनुभयो ।

लामो समय सडक आवधिक मर्मत नहुँदा सडकमा खाल्डा पर्न थालेको थियो । सडकमा खाल्डैखाल्डा हुँदा राजमार्गमा गुड्ने सवारीसाधनलाई समस्या भएपछि कार्यालयले रिसिलिङ गर्न थालेको जनाएको छ । यात्रुले समेत सास्ती खेप्दै आएका छन् । सडकमा भएको खाल्डोले दुर्घटनाको जोखिम हुने गरेको चालक बताउँछन् ।

इलामको नेपालटारदेखि पाँचथरको फिदिमसम्म सडकलाई दुई खण्डमा विभाजन गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ । नेपालटारबाट फिदिमसम्ममा पर्ने २५ किलोमिटर सडक मर्मतका लागि रु चार करोड खर्च लाग्ने कार्यालयले जनाएको छ ।

अहिले सडकमा परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिँदै दाहालले भन्नुभयो “अब करिब डेढ महिनामा काम सकिन्छ ।”
त्यस्तै फिक्कल–आइतबारेको दुई किलोमिटर, सिलपुर माइखोलाको पाँच किलोमिटर र चुरेघाँटी–नेपालटारको २२ किलोमिटरको एउटा प्याकेज बनाएर आवधिक मर्मत कार्य प्रारम्भ भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर