Aamsanchar

काबुलमा नेपाली सुरक्षा गार्ड सवार बसमा आक्रमण/१४ जनाको मृत्यु

Author Image
सोमवार, असार ६, २०७३

झापा ।

66FC862E-05BC-4486-B3A0-310450FDFFBF_w640_r1_s_cx0_cy11_cw0

अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सबार बसलाई लक्षित गरि गराईएको आत्माघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाईते भएका छन् ।

 

यद्यपी स्थानिय सञ्चारमाध्यमहरुले भने सो बसमा फिलिपिनी सुरक्षा गार्डसमेत सबार रहेको बताएका छन् । स्थानिय समयानुसार आज बिहान बनाई जिल्लाबाट काबुलका लागी छुटेको मिनीबस आतंकबादि निशानामा परेको थियो ।

 

घाईते मध्ये अधिकांशको अबस्था गम्भीर रहेको अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाटोमा बसको प्रतिक्षामा रहेका एक ब्यक्तिले सो बसलाई आक्रमण गरेको अफगान प्रहरीले जनाएको छ । घाईतेहरुलाई उद्धार गरी अस्पाताल पठाईएको छ ।

 

सो आक्रमणको जिम्मा तालेबान बिद्रोहि समुहले लिएको अफगान अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर