Aamsanchar

युरोकपमा आजराती रुस र वेल्स तथा स्लोभाकिया र ईङल्याण्ड भिड्दै

Author Image
सोमवार, असार ६, २०७३

झापा ।

images

युरोकप फुटबलमा आजराती दुई खेल हुँदैछन् । आज ग्रुप बी अन्र्तगत रुस र वेल्स तथा स्लोभाकिया र ईङल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

युरो र बिश्वकप छनौटमा रुस र वेल्स यसअघि ४ पटक प्रतिस्पर्धा गरिसकेका छन् । स्लोभाकियाबिरुद्ध ईङल्याण्डले भने शतप्रतिशत नतिजा निकाल्दै आएको छ । यसअघि दुई राष्ट्रबीच ३ पटक भएको भेटमा ईङल्याण्ड बिजयी भएको थियो । दुबै खेल नेपाली समयानुसार राती पौने एक बजे सुरु हुनेछन् ।

ग्रुप बीमा ईङल्याण्ड, वेल्स र स्लोभाकियाबीच नकआउट चरण प्रबेशका लागि तिब्र प्रतिस्पर्धा छ । रुसको पनि नकआउट चरण प्रबेशको सम्भाबना कायमै छ । ईङल्याण्ड ४ अंकसहित शिर्ष स्थानमा रहदा वेल्स र स्लोभाकियाको समान ३ अंक छ । रुस भने १ अंक सहित तालिकाको पुछारमा छ ।

यसैबीच स्वीट्जरल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रबेश गरेको छ । गएराती फ्रान्ससंग गोलरहित बराबरी खेल्दै स्वीट्जरल्याण्ड ग्रुप ए बाट नकआउटचरणमा प्रबेश गरेको हो ।

यसअघिका खेलमा उसले एकमा जित र एक बराबरीको नतिजा निकालेको थियो । आयोजक फ्रान्स भने यसअघि नै प्रतियोगीताको नकआउट चरणमा प्रबेश गरिसकेको छ । बल नियन्त्रणमा आयोजक फ्रान्समाथी प्रभाव जमाएपनि स्विस टोलीले गोल भने गर्न सकेन् ।
त्यस्तै गएराती नै सम्पन्न खेलमा रोमानियालाई १–० ले हराउदै अल्बानियाले प्रतियोगीतामा पहिलो जित निकालेको छ । अल्बानीयाको जितमा खेलको ४३औं मिनेटमा अर्मान्डो सादिकुले गोल गरेका थिए । रोमानिया भने प्रतियोगीताको समुह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर