Aamsanchar

पत्नी बलात्कारको अभियोगमा जेल

Author Image
सोमवार, असार ६, २०७३

ओखलढुंगाः

imagesb

एक व्यक्तिलाई पत्नीमाथि बलात्कार गरेको अभियोगमा अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ ।

जिल्ला अदालत ओखलढुंगाले च्यानम गाविस–८ का २९ वर्षीय नारायणबहादुर वस्नेतलाई तीन वर्ष कैद र २५ हजार जरिवाना गर्ने फैसला सुनाएको हो । आफूलाई बलात्कार गरेको भन्दै पत्नीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले ०७३ असार ५ गते तीन वर्ष कैद र २५ हजार जरिवाना गर्न आदेश दिएको हो ।

 

अदालतको आदेशले आरोपित यसअघि पुर्पक्षका लागि थुनामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दिपककुमार साहले जानकारी दिए । उजुरीमा पतिले मादक पदार्थ पिएर कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताइन् ।

पीडितले ०७२ चैत १५ जबरजस्ती करणी गरेको जाहेरी गरेपछि प्रहरीले आरोपितलाई पक्राउ गरी चैत १८ गते जवरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

ओखलढुंगामा पतिलाई पत्नीमाथि बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भइ सजाय भएको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर