Aamsanchar

निर्देशिका अभिव्यक्ति स्वतन्त्रताविपरीत :पत्रकार महासङ्घ

Author Image
सोमवार, असार ६, २०७३

काठमाडौँ।

index

नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ ।

नयाँ माध्यमका रूपमा दु्रत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई यस्ता प्रावधानले अङ्कुश लगाउन खोजिएको महासङ्घको तर्क छ । निर्देशिकाको केही प्रावधान तत्काल हटाउन महासङ्घले आग्रहसमेत गरेको छ ।

महासङ्घका महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा निर्देशिकाका नं ११ र नं २१ का बूँदालाई सच्याउन आग्रह गरिएको छ ।

अनलाइन माध्यमलाई सूचीकरण गर्ने प्रावधानप्रति आफूहरु सकारात्मक रहेको जनाउँदै महासङ्घले तिनको दर्ता र सूचना विभागबाट हुने अनुगमन÷निरीक्षणको व्यवस्थाप्रति असहमति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ – “सञ्चारमाध्यम र पत्रकारले पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना गर्नुपर्दछ र पत्रकारिताका मान्य सिद्धान्त र व्यावसायिक धर्मलाई आत्मसात् गर्नुपर्दछ भन्नेमा कुनै दुई मत छैन ।”

प्रेससँग असम्बन्धित रहेको सुशासनसम्बन्धी ऐनमा टेकेर प्रेस स्वतन्त्रतामाथि अङ्कुश नलगाउन महासङ्घले सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर