Aamsanchar

झापामा ५३५ उजुरी,म्याद अझै थपियो

Author Image
मङ्गलवार, असार ७, २०७३

santi samiti jhapa
बिर्तामोड ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सशस्त्र युद्धका पीडितले उजुरी दिने म्याद ३० दिन थप गरिएको छ । दुवै आयोगको अलग अलग बैठकले उजुरी दिने समयावधि बढाएको हो ।
‘पीडितहरु उजुरी दिन छुटेकाले समय थप गरिएको हो’ सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य्किरण गुरुङले भने, ‘पीडितहरु कोही पनि उजुरी दिन नछुटून् भनेर समय थप गरिएको हो ।’ गत बैशाख ५ गतेदेखि २०५२ साल फागनु १ देखि २०६३ मंसिर ५ गतेको शान्ति सम्झौता बीचका सशस्त्र युद्धबाट पीडित भएकाहरुले उजुरी दिने व्यवस्था मिलाइएको थियो । यस अघि असार २ गतेसम्म उजुरी आव्हान गरिएको थियो । बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले म्याद थप गरेकाले पीडितलाई उजुरी दिन स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशले आव्हान गरेका छन् ।
गणेशले भने, ‘उजुरी दिन छुटेका पीडितले उजुरी दिन सकिने भएको छ । विगतमा राहत पाइरहेका वा राहत पाउन निवेदन दिएका वा विगतमा निवेदन दिन नै नपाएका सबैले उजुरी दिन सकिन्छ । उजुरीका लागि समितिको आग्रह छ ।”
सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना, व्यक्ति बेपत्ता पारिएका घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानबिन गरि वास्तबिक तथ्य जनसमक्ष ल्याउन सरकारले दुई आयोग बनाएर काम थालेको हो ।
पीडितहरु र सरोकारवालावीच समाजमा मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलापको वातावरण निर्माण गर्ने, सो घटनाबाट पिडित व्यक्तिलाई कानूनी कारबाहीको लागि सिफारिस गर्नको लागी समेत बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भई कार्य प्रारम्भ भएको हो ।
पीडित व्यक्ति वा निजको तर्फबाट उजुरी दिन चाहने जुनसुकै व्यक्तिले जिल्ला स्तरमा स्थानीय शान्ति समितीमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था भएकोले सम्बन्धीत सबैको लागी उजुरी दिन शान्ति समिति झापाले आग्रह गरेको छ ।
उजुरीका लागि मापदण्ड
उजुरी सम्बत २०५२ साल फागुन १ गते देखी २०६३ साल मंसिर ५ गते सम्म सशस्त्र द्वन्द्वको क्रममा भएको घटनासँग सम्बन्धित हुनुपर्ने भनी तोकिएको छ । थपिएको समय अनुसार बेपत्ता छानबिन आयोगको लागि मिति २०७३ बैशाख २ गतेदेखी ०७३ साल असार मसान्त र सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि २०७३ बैशाख ५ देखी २०७३ श्रावण १ गतेसम्म उजुरी दिनुपर्ने व्यवस्था रहेको छ ।
उजुरीमा आफुले देखेको जानेको वा थाहा पाए सम्मका सबै कुराहरु उल्लेख गर्नु पर्ने,आफूसग भएसम्मका सबूत प्रमाणहरु उजुरी साथ संलग्न गर्नुपर्ने , उजुरी आयोगको कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यालयमा आफै वा आफ्ना प्रतिनिधि मार्फत दिन सकिने स्थानीय शानित समिति झापाका शाखा अधिकृत प्रवीर घोषले जनाए ।
आयोगको कार्यालय वा जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यालयबाट उजुरीको फारम नि:शुल्क पाईनेछ । त्यस्तै उजुरी खामबन्दी गरी पेश गर्न सकिने, कसैले मौखिक रुपमा उजुरी दिन चाहेमा आयोग समक्ष दिन सक्ने उजुरवालाले आफ्नो सुरुक्षाको लागि आवश्यक व्यवस्था मिलाई दिन सक्ने , हुलाक, ईमेल, फ्याक्स, टेलिफोन मार्फत पनि सिधै आयोगमा उजूरी दिन सकिने जनाइएको छ । उजुरी दिन कुनै दस्तुर लाग्ने छैन ।
स्थानीय शान्ति समिति झापाको कार्यालयका शाखा अधिकृत घोषका अनुसार सत्य निरूपण तथा मेलमिलापसम्बन्धी हालसम्म ५ सय७ वटा उजुरी परेका छन् । त्यस्तै बेपत्तासम्बन्धी २८ वटा उजुरी प्राप्त भएको घोषले जनाए । शान्ति मन्त्रालयले झापामा ४ सय ४० जना द्वन्द्वपीडित भएको प्रमाणित गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर