Aamsanchar

यूएईमा विशालको मृत्यु,यसरी तुहियो मेचे परिवारको सपना

Author Image
मङ्गलवार, असार ७, २०७३

uae meche

[भरत शिवाकोटी]

युएई ।

वैदेशिक रोजगारिको सिलसिलामा नेपालीहरु वाहिरिने क्रम रोकिएको छैन । अनेकौ सपनाहरु बोकेर विदेशिने नेपाली युवा युवतीहरु कतिका सपना पुरा भएका छन त कतिका सपना अधुरा नै रहेका छन भने कतिपय व्यक्तीका परिवारले अकल्पनिय घटना व्यहोरिरहेका छन । यस्तै अकल्पनिय र अपत्यारिलो घटनाको पिडामा डुबिरहेको छ झापा धाइजन गा. वि. स. वार्ड न.- ३ मा बसोबास गर्ने २१ बर्सिया विशाल मेचेको परिवार । गत ३ जुन २०१६ मा भिजिट भिजामा युएई आएका विशाल मेचेको सपना पनि अन्य नेपालीहरुको सपना भन्दा फरक थिएन । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका मेचे युएईको सारजाहमा रहेका आफ्ना दाजु अमित मेचेको कोठामा बस्दै रोजगारिको निमित्त भौतारिदै थिए तर अवसोच गत १६ जुन २०१६ बिहिवारका दिन दाजुकै कोठामा दिउँसो १२ बजे अकास्मात पिसाब गर्न अप्ठेरो भएका मेचे सिकिस्त बनेपछि तुरुन्तै एम्बुलेन्समा उपचारको निमित्त सारजाहको कासमिया हस्पिटल पुर्याए पनि हस्पिटल पुर्याउनु पुर्व नै मेचेको बाटैमा निधन भएको थियो ।

meche

सारजाह स्थित कासमिया हस्पिटलको मेडिकल रिपोर्ट अनुसार उनलाई हृदयघात भएको हो । हाल उनको शवलाई कासमिया हस्पिटलबाट दुबइको सोनापुर हस्पिटलमा ल्याइएको र आवश्यक कानुनी प्रकृया चलिरहेको जानकारी झापाली समाज युएईका केन्द्रिय कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले दिनुभएको छ । घटना लगत्तै झापाली समाजका पदाधिकारी सहित कासमिया हस्पिटल पुग्नुभएका शिवाकोटीले घटना अत्यन्तै अकल्पनिय भएको वताउँदै मृतकको शवलाई नेपाल लैजानका लागि भिजिटमा आएको व्याक्ती भएको हुनाले केही खर्चिलो भएपनी आफुहरु पछी नहटने र परिवारलाई समेत आर्थिक राहत प्रदान गर्नका निमित्त २० जुन २०१६ सम्म झापाली समाज युएईले’’ विशाल मेचे सहयोग अभियान ’’ सन्चालन गर्दै सम्पूर्ण क्षेत्रिय समितिहरु परिचालन गरेको साथै आर्थिक सन्कलन कार्य अत्यन्तै उत्साहजनक रुपमा भैरहेको बताउनुभयो । विभिन्न संघ, संस्थाले समेत आर्थिक सहयोग गरिरहेको प्रसङ्ग कोट्टयाउँदै शवलाई परिवार सम्म पुर्याउनका निमित्त नेपाली दुतावास सँग समन्वय भैरहेको र जतिसक्दो चाँडो गर्ने प्रतिबद्दता व्यक्त गर्दै उहाँले सहयोग गर्ने सम्पूर्ण नेपाली तथा गैर नेपाली व्याक्तिहरु एवम संघ, संस्थाहरुलाई झापाली समाज युएईको तर्फबाट धन्यवाद दिनुभएको छ ।

युएईको राजधानी अबुधावीका झापाली समाज युएईका क्षेत्रिय अध्यक्ष हिमाल अधिकारीले २१ बर्षको अल्पायुमा नै मेचेको असामयीक निधन भएको खबरले सिङ्गो झापाली समाज मर्माहत भएको बताउँदै केन्द्रको निर्देशन अनुसार अबुधावी क्षेत्रिय समितीले सम्भव भए सम्मका क्याम्पहरुमातथाविभिन्न संघ, संस्थाहरुमा झापाली समाज क्षेत्रिय समितिको अग्रसरतामा एवम स्वतस्फुर्त रुपमा समेत आर्थिक सन्कलन भैरहेको जानकारी दिनुभएको छ । उहाँले हरेक क्षेत्रले सन्कलन गरेको रकम जम्मा गरेर १-२ दिनभित्रैमा केन्द्रमा पठाइने समेत बताउनुभएको छ ।

यसैविच मृतक मेचेका दाजु अमितले समेत आफ्नो भाईको शव परिवार सम्म पुर्याउनका लागि सहयोग गरिदिनु हुन सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ भने झापाली समाज युएईले एक विज्ञप्ती जारी गर्दै विशाल मेचेको निधन भएको खबरले झापाली समाज युएईका साथै सम्पूर्ण प्रवासी नेपालीहरु स्तब्ध भएको जनाउँदै मृत आत्माको चिरशान्तीको कामना सहित शोकाकुल परिवारजनहरु प्रति गहिरो समवेदना व्यक्त गरेको छ ।स्मरणीय छ, झापाली समाज युएईले आफ्नो स्थापना भएको छोटो अवधिमा नै झापा जिल्ला केन्द्रित विभिन्न आर्थिक सहयोग तथा राहत वितरण सँगै अन्य कार्यक्रमहरु समेत चलाउँदै आएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर