Aamsanchar

युरोकप फुटबलमा आज चार खेल हुदैं

Author Image
मङ्गलवार, असार ७, २०७३

झापा ।

eurocup_germany_vs_poland-1

युरोकप फुटबलमा आज चार खेल हँुदैछन् । आज समुह सी अन्र्तगत नर्दन आयरल्याण्ड र जर्मनी तथा युक्रेन र पोल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

आजै हुने अन्य खेलमा समुह डिका क्रोएसिया र स्पेन तथा चेक रिपब्लिक र टर्की आमनेसामने हुनेछन् । समुह सीका दुवै खेल नेपाली समयानुसार राती पौने १० बजे सुरु हुनेछन् ।

समुह डी का दुबै खेल भने राती पौने १ बजे सुरु हुनेछन् । समुह सीमा जर्मन र पोल्याण्ड समान ४ अंक सहित तालिकाको क्रमश शिर्ष र दोश्रो स्थानमा छन् भने नर्दन आयरल्याण्ड ३ अंक सहित तेश्रो स्थानमा छ । युक्रेन भने अंकबिहिन तालिकाको पुछारमा छ ।

यता समुह डीमा स्पेन ६ अंकसहित तालिकाको शिर्ष स्थानमा रहदा ४ अंक सहित क्रोएसिया दोश्रो र १ अंकसहित चेकरिपब्लिक तेश्रो स्थानमा छ । टर्की भने तालिकाको पुछारमा अंकबिहिन छ ।

यसैबीच ईङल्याण्ड र वेल्स युरोकप फुटबलको नकआउटचरणमा प्रबेश गरेका छन् । स्लोभाकियासंग गोलरहित बराबरी खेल्दा ईङल्याण्ड समुह बीको उपबिजेता बन्दै प्रतियोगीताको नकआउट चरणमा प्रबेश गरेको हो । उसले स्लोभाकियालाई खेल अबधीभर दवाबमा राखेपनि गोल भने गर्न सकेन् ।

यसअघि रसियासंग बराबरी खेलेको ईङल्याण्डले वेल्सलाई भने पराजित गरेको थियो ।
गएराती नै रुसलाई ३–० ले हराउदै वेल्स समुह बी को बिजेता बन्दै प्रतियोगीताको नकआउट चरणमा प्रबेश गरेको छ ।

खेलको ११आंै मिनेटमा आरोन राम्सेको गोल मार्फत अग्रता बनाएको वेल्सका लागी २०औं मिनेटमा निल टेलरले अग्रता दोब्बर पारेका थिए । खेलको पहिलो हाफ २–० मा सकिएपनि दोश्रो हाफमा गारेथ वेलले थप गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए ।

यूरो कपमा पहिलो पटक सहभागिता जनाएको वेल्सले प्रतियोगीताको नकआउट चरणमा स्थान बनाएको हो । ४ अंक सहित तालिकाको तेश्रो स्थानमा रहेको स्लोभाकियाको नकआउट चरण प्रबेशको संभाबना कायमै छ । रुस भने प्रतियोगीताको समुह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर