Aamsanchar

बाढीको त्रासमा सर्वसाधारण

Author Image
मङ्गलवार, असार ७, २०७३

विराटनगर:

00d31-img_20150701_0805482b-2bcopy

बक्राहा खोलामा आएको बाढी बस्तीमा पसेर घर डुबानमा परेपछि १५ दिनअघि विस्थापित बनेको मोरङको मधुमल्ला ५ का धनबहादुर मगरको परिवार अहिले आफ्नै घरमा फर्किएको छ।

तर कतिबेला खोलामा बाढी आउने हो र त्यसले थप क्षति पुर्‍याउने हो भन्ने त्रास मगर परिवारमा कायमै छ। सरकारी तवरबाट सुरक्षित रूपमा वैकल्पिक र दिगो बासस्थानको व्यवस्था हुन नसक्दा मगर परिवार पुरानै घरमा बस्न बाध्य छ।

‘बाढीले बाँध फुटाएर फेरि बस्तीमा पस्यो भने स्थानीय बासिन्दा धेरैको उठिबास हुनेछ। अझ रातको समयमा बाढी आयो भने भागेर ज्यान जोगाउन पनि पाउँदैन’, स्थानीय पूर्ण बस्नेतले भने, ‘कति बेला के हुने हो भन्ने त्रासमा छन् सबै। खोलामा आउने बाढीले थप क्षति पुर्‍याउने खतरा टरेको छैन।’

जेठ २२ गते बिहान आएको बाढीले घर डुबाउँदा मगर परिवारसँगै विस्थापित बनेको अन्य सात परिवार अहिले पहिलेकै घरमा फर्किए पनि सबैमा त्रास भने कायमै छ। बाढीले बगाएर एकजनाको मृत्यु पनि भयो। बस्नेतले भने, ‘बाढीले घर डुबान हुँदा पीडामा परेका सबै परिवार त्रासदीपूर्ण अवस्थामा दिनरात काटिरहेका छन्। उनीहरूलाई सुरक्षित अवतरणको व्यवस्थाका लागि कुनै पनि पहल भएको छैन।’

गत वर्ष असार १५ गते राति त्यही खोलो बाँध फुटाएर बस्तीमा पस्दा मधुमल्लाका ४, ५, ६ र ८ नम्बर वडा पूरै प्रभावित बनेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर