Aamsanchar

खोला पस्ने डरले रातभर जाग्राम

Author Image
बुधवार, असार ८, २०७३

khola b

पथरी (मोरङ)।

पानी परेको रात मोरङको केराबारी–७ का करिब ६०० घरपरिवार रातभर जाग्राम बस्ने गरेका छन् ।

स्थानीय मुगा खोला पूर्वपट्टिको भाग कटान गरी गाउँमा पस्ने गरेकाले यहाँका ६०० घरका सर्वसाधारण रातभर जाग्राम बस्ने गरेका हुन् । मुगा खोलाले जमिन कटान गरेर नजिकै आइपुगेको भँगालोले कतिखेर कसलाई बगाउने टुङ्गो नभएपछि उनीहरु रातभर जाग्राम बस्न बाध्य भएको केरावारी–७ का मधुकर राईले बताउनुभयो ।

खोलाले धार परिवर्तन गरी कटान गर्न थालेपछि स्थानीयवासीलाई खोलाले गाउँ बगाउला भन्ने चिन्ताले छाएको छ । माथिल्लोे पहाडी भेगमा पानी आउन थालेपछि खोलाले बगाउला भन्ने त्रास हुने स्थानीयवासी चिन्तामणि गुरागाईं बताउनुहुन्छ ।

खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरेका थिए । तर पहाडी भागमा आएको मुसलधारे वर्षाका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने स्थानीयवासीको प्रयास असफल पारिदिएको गुरागाईंले बताउनुभयो । यो वर्षको झरीका कारण पूर्वी बाँध भत्काएर मुगा खोला गाउँ पसेपछि केरावारी–६ र ७ का करिब छ सय घर बाढीको जोखिममा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)