Aamsanchar

क्याम्ब्रिज मेला: बिराटनगरमा सकियो,धरानमा तयारी

Author Image
बुधवार, असार ८, २०७३

kyambriz mela f
बिराटनगर  ।

एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिराटनगर शैक्षिक मेला सम्पन्न भएको छ ।
एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न भारतको बैङलोर जाने विद्यार्थीहरूलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले आयोजित उक्त मेलाको उद्घाटन मोरङ सहायक जिल्ला शिक्षा अधिकारी ओम बहादुर कटुवालले गरेका थिए ।
क्याम्ब्रिज इन्स्टीच्यूट अफ टेक्नोलोजीका प्रबन्ध निर्देशक शिशिर सिंखडाको अध्यक्षता तथा मोरङ जिल्लाका सहायक जि.शि.अ. कटुवालको प्रमुख आतिथ्य तथा एपि गोयल सिम्ला युनिभर्सिटीका एसिसटेन्ट डाइरेक्टर पंकज काजला,  विशेष अतिथि तथा अन्यको आतिथ्यमा मेला सम्पन्न भएको हो । क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी दमकका शाखा प्रमुख निश्चल सिंखडाले स्वागत गरेको कार्यक्रममा मोरङ सहायक जि.सि.अ, तथा एपि गोयल सिम्ला युनिभर्सिटीका एसिसटेन्ट डाइरेक्टर पंकज काजला र अन्यले शुभकामना मन्तब्य राखेका थिए  ।
कार्यक्रममा एमएस रमैया हर्सा हस्पिटल बैङलोरमा अध्ययनरत विद्यार्थी उषा घिमिरेले आफ्ना शैक्षिक अनुभव सुनाएकी थिइन् ।
मेलाको ७०० सयभन्दा बढी विद्यार्थीहरूले अवलोकन गरेको र मेलामा भारतका विभिन्न कलेजहरूमा ६ जना भन्दा बढी विद्यार्थीहरूले स्पोट एड्मिसन गरेको क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी बिराटनगर शाखा प्रमुख बिमला सुबेदिले बताइन् ।
उक्त मेलामा भारत बेङ्लोरका डाक्टर श्रीश्री श्री शिवकुमार महास्वामी इञ्जिनियरिङ कलेज, एमएस रमैया हर्सा हस्पिटल बैंगलोर, एपी गोयल सिमला युनिभर्सिटी, एसआरएम युनिभर्सिटी, असोका पोलिटेक्निक बैंगलोर, गौतम मेडिकल कलेज बैंगलोर, हिन्दुस्तान एभिएसन एकेडेमी, बैंगलोर, स्पूर्ति कलेज अफ नर्सिङ्ग, आदित्य ग्रुप अफ इन्स्टीच्यूसन बैंगलोर, देवराज मेडिकल रिसर्च सेन्टर बैंगलोर, कञ्चनजङ्घा इन्स्टीच्यूसन अफ म्यानेज्मेन्ट एण्ड टेक्नोलोजी शिलगढी, ऋीसीसीटी सिक्किम लगायतका प्रतिनिधिहरूले परामर्श दिएका थिए ।
मेलामा एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिसहित कम्प्युटर साइन्स, सिभिल इञ्जिनियरिङ, अटोमोवायल्स, मेकानिकल इञ्जिनयरिङ्ग, एरोनेटिकल, मेकाट्रोनिक, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, नर्सिङ्गमा अफ्थलमोलोजी, अपरेशन थीएटर टेक्नोलोजी, डाइलोसिस टेक्नोलोजी, मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी, डी–फार्मेसी, होटल म्यानेजम्यान्ट, फेशन डिजाईनिङ्ग, इन्टेरियर डिजाईनिङ्ग र प्लस टु पछि विइ, विटेक, विएस्सी र एमएस्सी, नर्सिङ्ग, बी–फार्मेसी, बी–अप्टोमेट्री, फिजीयोथेरापी, विविए, विसिए, विविएम, बिएचएम र आर्टस, एजुकेशन, कमर्स संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरूलाई जिएनएम नर्सिङ्गका वारेमा शैक्षिक परामर्श प्रदान गरिएको क्याम्ब्रीज इन्स्टीच्यूट अफ टेक्नोलोजीकी  बिराटनगर शाखा प्रमुख बिमला सुबेदिले जानकारी दिइन् ।
कार्यक्रमको सञ्चालन उज्यालो ९० नेटवोर्क शाखा बिराटनगर, क्पथ ँः बिराटनगर तथा थिएटर अर्टिस्ट अनुपमा बाँस्तोलाले गरेकि थिईन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर