Aamsanchar

दशनामी–सन्यासी ……?

Author Image
बुधवार, असार ८, २०७३

dasnami f

[टेकबहादुर गिरी / अशोक गिरी]

[खोज अनुसन्धानमूलक सामग्री]
नेपालमा आदि अनादिकालदेखि बसोबास गर्दै आएका “सन्यासी” दशनामीहरु एकै शब्दमा भन्नुपर्दा यस समाजका तमाम जातिहरु मध्ये सन्यासी हुन् या दशनामी मात्र हुन् या दशनामी–सन्यासी हुन्, यौ साह्रै नै गहन विषय बन्न गएको छ । हामीले हालसम्मका लिखित् एैतिहासिक सामग्री, विभिन्न लेखकहरुका लेख पुस्तकहरु र पौराणिक ग्रन्थ, शास्त्र, वेद, श्रीमत्भावत गीता, निर्णयसिन्दु अनुसार “सन्यासी” भन्नाले जो सन्यास कर्म धारण गरेर व्रम्हचार्य नियम पालना गरेका छन् तिनैलाई “सन्यासी” कहल्याइएको शास्त्रोक्तिहरु पाउाछौं । हाम्रा धर्मशास्त्र ग्रन्थहरुको अध्ययन गर्ने हो भने पृथ्वीको सुरुवातसाग स्वयम्भुले जल प्रकट गरेकाले जललाई नार र नारबाट नारायणको उत्पती भएको भन्ने शास्त्रोक्ती छ ।

नारायणबाट ब्रम्ह ब्रम्हबाट श्रृष्टि बढाउन मनुको उत्पति गरेर मनुबाट १० महर्षीहरु मरिचि, अत्रि, अंगीरा, पुलस्थ, पुलह, ऋतु, प्रचेता, वशिष्ठ, भृगु र नारद आदिको यो पृथ्वीमा जीव जिवात्माहरुको यिनीहरुबाट नै उत्पती भएको भन्ने मनुस्मृतिमा व्याख्या गरिएको छ ।
हाम्रा गोत्रहरु यिनै दश ऋषिहरुका नामसाग गाासिएबाट हाम्रा पुर्खाहरु पुर्खौली यिनै ऋषिहरु हुन्भन्नमा कुनै अत्युक्ति नहोला ।
यस पृथ्वी धरातलमा यि ऋषिमुनीहरुको बासस्थान यहााका गुफा जंगल कन्दराहरुमा जहा पानीको नजिक हुन्थ्यो त्यस्तै ठाउामा पाइन्छ । हुादा–हुादा पछि गएर यिनै ऋषिहरुका वासस्थानलाई आश्रम र गुरुकुल भन्ने त्यस समयको विकसित रुप चलनचल्तीमा आए ।
किनकी शिक्षा दिक्षा र कुनै पनि समस्यामा यिनै गुरुहरुकोमा जाने सरसल्लाह लिने चलन थियो ।
यता यसरी पौराणिक काल समाप्त भएर मानव सभ्यताको विकास पश्चात पनि आद्य गुरु शंकराचार्यको जीवनी ग्रन्थमा पनि शंकराचार्यका गुरु गोविन्दपादको कथनअनुसार “सन्यासी” गुरु परम्परामा सुरुदेखि क्रमस गुरु परम्परा शंकराचार्यसम्म सुरुमा नारायण त्यसपछि ब्रम्ह, ब्रम्हपछि, वशिष्ठ त्यसपछि शक्ति, शक्ति पछि परासर, व्यास, स्वामी शुकदेव, कतिपय ग्रन्थहरुमा गौश्वामी शुकदेव पनि पाइन्छ भने उनीपछि क्रमश: गौडपाद, गोविन्दपाद र त्यसपछि उनैका चेला शंकर, शंकरबाट गुरुकुल र गुरुहरुको शिक्षा दिक्षा र भगवान शिवजीको आरधना र अध्ययनबाट ८ वर्षको उमेरमा भगवान शंकराचार्य कहलाइए । यिनै गुरु शंकराचार्यले यस सारा जगतमा वैदिक सनातन धर्मको प्रचार–प्रसार गर्दै अन्य  विभिन्न धर्मालम्वीहरुलाई शास्त्रार्थ गरेर परास्त गर्दै भारतवर्षमा चार दिशामा पर्नेगरी चार मठ र चार शंकराचार्य (जगतगुरु) हरुको स्थापना गरी यिनका सहायकका रुपमा दश आश्रमबाट दशजना कट्टर “सन्यास”हरुलाई चारै मठमा विभक्त गरी गिरी,पुरी, भारती, वन, पर्वत, सागर, सरस्वती, आरण्य, आश्रम र तीर्थ लाई खटाएको पाइन्छ । शंकराचार्य ईस्वी संवत ७८८ मा जन्मी सारा जगतमा वैदिक सनातन धर्मकोप्रचार गर्दै दह्रोजग हाली ई.सं ८२० मा ३२ वर्षको उमेरमा देह त्याग गरेको पाइन्छ ।
यसरी हाम्रा धर्मग्रन्थहरु मनुस्मृति, आद्यगुरु शंकराचार्यको जीवनी र कृतिहरु, श्रीमत्भावत गीता, पौराणिक ग्रन्थ महाभारत, रामायण, कुर्मपुराण र निर्णयसिन्दु समेत सबै शास्त्रहरु नियाल्दा जो सभक्तिले कर्महरु गरेर गुरु परम्परामा बसेर ब्रम्हचार्य नियम पालना
गरेर “सन्यास” का नियमहरु पलना गर्दछ भने सोही मात्र “सन्यासी” कहलाइन्छ भनेको छ । माथि उल्लेख गरिएका ऋषिमुनीहरु र देवताहरुले समेत यही नेपालको हिम्वत खण्ड र भारतवर्षमा समेत तव गरेको शास्त्रोक्ति छ भने नेपालका तीर्थस्थल मध्ये धरानको
पिण्डेश्वर धाममा स्वयं महादेवले तपस्या गर्दा उहााको आाखाबाट बगेको आाशुबाट रुद्राक्ष उत्पति भएको र यस पावन भूमि कौशिकी नदी पूर्व टिस्टा नदि पश्चिम, गंगाबाट उत्तर, र हिमालबाट दक्षिणको भूभागलाई रुदाक्षरण्य क्षेत्र भनिन्छ । जसरी हाम्रा पुराण शास्त्रहरुमा
नैमी सारण्य क्षेत्रमा गएर जसले प्राण त्याग गर्दछ उसलाई मुक्ति मिल्छ भनिएको छ, त्यस्तै यो सारा जगतका कुनै पनि मानिसले यस “रुद्राक्षरण्य” क्षेत्रमा पाइला टेकेको मात्र छ भने पनि ऊ संसारको जुन स्थानमा गएर प्राण त्याग गरेपनि मुक्ति पाउाछ भनी वालसन्त
मोहनशरन देवाचार्यले व्याख्या गर्दै नेपालका अन्य धर्मस्थलहरु त्रिवेणीधाम र व्यास गुफाहरुको वर्णन गर्दै नेपाल एक तपोभूमि भनेर व्याख्या, प्रवचन, विश्लेषण गरेको आधारमा विश्व हिन्दु महासंघ वाराणासीबाट छैठौ जगत गुरुको उपाधि पाउनुभएको हो । उहााकै
प्रयासबाट हाल सुनसरी जिल्लाको वराहक्षेत्र चतराधाममा सन्यास गरुहरुको अखडा पनि बनाइएको छ ।
यता “श्रीमत्भागवत यथारुप” मा प्रभुपादले पेज नं. ७७३ र ७७७ मा पनि वैधिक सनातन धर्म परम्परा अनुसार समाजका मानिसहरुलाई बर्णाश्रम व्यवस्थामा “सन्यासी” लाई नै सवै समाजका “वर्ण” तथा आश्रमका प्रधान गुरु भनेको छ भने “सन्यासी” का कर्मको व्याख्यामा पूर्ण ब्रम्हचार्य नियम पालना गरेर स्त्रीहरुलाई छुन समेत हुादैन भनेको छ भने यी कर्म पालना नगर्दा “सन्यास” बाट च्युत भएर गृहस्थमा जाने भएकाले समाजका क्षेत्री, वैश्य र शुद्रका गुरु ब्राह्मण र ब्राह्मणका गुरु “सन्यास” भनेर प्रष्ट छ । वैदिक सनातन धर्मअनुसार मानिसको सय वर्षको आयुलाई चार भागमा विभक्त गरे अनुसार २५ वर्ष सम्म  गुरुकुल शिक्षादिक्षा ५० वर्ष सम्म गृहस्थ, व्यवसाय सन्तान उत्पादन आदि कर्म त्यसपछि ७५ वर्षसम्म वानप्रस्थ र सोभन्दा माथि “सन्यास” भनेर चार आश्रमको व्याख्या गीताअध्याय १६ मा व्याख्या गरिएको छ ।
यसरी “सन्यासी” र “सन्यास” कर्मका बारेमा शास्त्रहरुले नै व्याख्या गरेबाट पनि यदि कुनै पनि “सन्यासी” ले आफ्नो चरित्र गुण र कर्ममा रहन नसकी कुनै स्त्रीसाग सहवास या विवाह गरेर सन्तान उत्पादन गरेमा स्वत: गृहस्थ हुने हुादा सधैका निमित्त नै घरबास गरेर गृहस्थ जीवन यापन गर्ने हुादा “सन्यासी” को सन्तान भएपनि “सन्यासी” जाति भएर रहन सक्तैन त्यसैले पनि “सन्यासी” भनेको कर्मले हुने हो न कि जन्मले जात हुने होइन । उदाहरणार्थ शास्त्रीय ग्रन्थहरुबाट गुरु सन्यास विश्वमित्र र मेनकाकी सन्तान सकुन्तला कन्व ऋषिका आश्रममा शिक्षदिक्षा लिएर हुर्किन्छिन् यता सिकार खेल्न आएका राजा दुष्यन्तसाग उनको गन्धर्व विवाह भएर पुत्र भरतको जन्म हुन्छ । यिनै कन्व ऋषिको आश्रममा शिक्षा दिक्षा लिएर हुर्केपछि भरतलाई दरवार लगेर राजकुमार हुादै भारत साम्राज्य र संसारकै सम्राट भरत भएकाले नै भारतवर्षको नामाकरण भएको इतिहास हुादा उनै भरत र उनका बाबुआमा समेत “सन्यासी” हुन नसकेको भन्ने प्रमाण इतिहास साक्षी छ । त्यस्तै हाम्रा धार्मिक ग्रन्थ रामायणमा पनि रावण एक पुलस्थ ऋषिका नाति र विश्रभा ऋषिका छोरा थिए । जन्मले हुने भए उनी “सन्यास” कहलाइन्थे तर उनका जति पनि कर्महरु राक्षसी भएका कारणले गर्दा राक्षस रावण भनेर कहलाइएको इतिहास छ ।
उपयुक्त सम्पूर्ण शास्त्रोक्तिहरुबाट पनि “सन्यास” कर्महरु गरे मात्र “सन्यासी” कहलाइने हुादा शास्त्रोक्तिहरुमा एक “सन्यास”का कर्म र गृहस्थका कर्मका बारेमा पनि प्रष्ट्याएको के छ भने एउटा पूर्ण सन्यासीले कुनै पनि कुराको न सञ्चय गर्छ न भोग गर्छ यदि कसैले दयाले दिएमा त्यही खान्छ भने त्यो पनि पाएन भने मात्र हावा र पानीको भरमा रहनुपर्दछ । यता गृहस्थले भने आफ्नो घर व्यवहार परिवार वालवच्चा सम्पूर्णको हेरविचार र घरखेती व्यवसायबाट आर्जन गरेर गरेको आर्जनको दशांस पुण्यका निमित्त सन्यासी, योगी र सन्तहरुलाई दान दातव्यमा लगाउनुपर्दछ भन्ने गृहस्थका नियमहरु छन्। यसैले सन्यासीका आफ्नै कर्म र नियमहरु छन् भने गृहस्थका पनि आफ्नै कर्म र नियमहरु छन् । दुवैका बीचमा दााजेर हेर्दा विपरित धुर्व उत्तर र दक्षिण फर्केका देखिन्छन् भने आजका दिनसम्म पनि यस समाजका घर गृहस्थ, व्यवसाय, जाहान, परिवार, लालनपालन गरेर बस्ने दशनामीहरु कुनै पनि संस्कारले “सन्यासी” जाति भनेर कहलाइन नसक्ने हाम्रा शास्त्रीय आधार र मान्यताहरु छन्।

हामीले हाम्रा शास्त्रीय आधारहरु केलाएर हेर्ने हो भने दशनामीहरु र अन्य जातिहरुमा यो समाजमा के फरक छ त भनेर हेर्न पनि आवश्यकता छ हाम्रा शास्त्रीय आधारहरुलाई हेर्ने हो भने यस समाजका सम्पूर्ण मानव जातिहरुको उत्पति थलो भनेको मनुका १० ऋिषिहरुसाग हाम्रा गोत्रहरु जोडिएका हुादा हामी सबै उनै ऋषिहरुका सन्तान नभनी सुखै छैन । कुनै पनि धार्मिक कार्य गर्दा हाम्रा नाम र गोत्र लिादा उनै ऋषिहरुका नाम नै लिनुपर्दछ यसैले यस जगतका सम्पूर्ण मानव “सन्यास” कै सन्तान हुन्। फरक के छ भने मानव सभ्यता बमोजिम मानिसहरु अत्याधिक बढेपछि र जान्ने बुझ्ने भएपछि जंगलका आश्रम गुरुकुलले थेग्न नसक्ने अवस्थामा अधिकतम् आश्रम गुरुकुलहरु छुट्टिदै गए विस्तारै बिस्तारै कुटी, करेसा घरबारी, व्यवसायहरु गर्दै मानिसहरु पूर्ण गृहस्थमा प्रवेश गरी अधिकाधिक गृहस्थमा सुख सुविधा र सामाजिक रहनसहन बाक्लिएर गयो जसले गर्दा गाउ बस्ती हुादै राज्य रजौटाहरुमा परिणत भएर समाजको बृहत्तर विकास हुादै गयो । यता
आश्रममा बस्ने कट्टरबादी “सन्यास” हरु जसले गृहस्थमा जानेलाई नास्तिक भन्थे उनीहरु आफै खुम्चिएर आफ्नै आश्रमका संस्कारमा बसे जो “सन्यासी” को “सन्यासी” नै भइरहे भने गृहस्थकाहरु भने पढालेखा जान्ने बुझ्ने प्रचण्डा विद्वानहरुले सारा धर्मशास्त्रहरुको रचना गरे विधान जो निर्णयसिन्धुअनुसार सबैका जनम मरणका कार्यहरु उल्लेख गरिएका छन्। यसरी गृहस्थको विकाससागै समाजको विकास जातजाति भाषाभाषी वेद उपनिषदहरु लेखिए । हजारौ वर्षपछि भने जो कट्टर “सन्यास” थिए आश्रममा बस्थे तिनका पनि सन्तान भएर बढेर गए आश्रमले थेग्न पनि नसक्ने र गृहस्थी समाजको सुख सयल देखेर सबै आश्रमकाहरु पनि एक–एक गरी गृहस्थमा प्रवेश गर्न सुरु गरे । यता गृहस्थमा सबैका आफ्ना–आफ्ना धर्म रीतिरिवाजहरु थिए यी पछि आएका “सन्यासी”का सन्तानलाई पछि आएको भनेर सबैले अज्ञानतावस यो “सन्यासी”को सन्तान आश्रमबाट आएकोले यो “सन्यासी” हो भन्न थाले । यिनीहरुले पनि गृहस्थका चेलीहरुसाग विवाह गरी घर गृहस्थ सरह बस्न थाले धर्म–कर्महरु पनि गृहस्थ सरह गर्ने या के गर्ने ? भन्ने अज्ञान र अकर्मण्यताले गर्दा आफुलाई “सन्यासी” नै भन्न बाध्य भए र बिस्तारै यिनीहरुका सन्तान पनि बढ्दै गएर एक घर दुइ घर हुादै गाउा बस्ती नै हुन गएपछि सन्यासी गाउा भनेर
कहलाइए अनि कतिपय ठाउाहरुमा “सन्यासी” जातकालाई सन्यासी परम्परा अनुसार अखडाका जोगी सन्यास परम्परा अनुसार मृत्यु पश्चात खाल्डो खनी शव गाड्ने र सख्खर ल्याएर बााढेर खाने जोगीहरुलाई खुवाउने अनि मलामीहरुलाई पनि सख्खर खुवाएर “खाए
मिठा गए जुठा” भन्ने परम्परा चलाई आएकाले त्यही परम्परा हालसम्म पनि कतिपय दशनामीहरुले चलिचलाई आएका र अज्ञानताले आफुलाई सन्यासी भनी आएका मात्र हुन्।
माथि उल्लेख गरिएका धार्मिक शास्त्रोक्ति, सामाजिक परम्परा, रितिरिवाजहरुबाट के प्रष्ट हुन आउाछ भने मानव सभ्यता र गृहस्थमा कोही धेरै पहिला र कोही बर्षेा वर्षपछि आश्रमबाट गृहस्थमा आएका र पछि आएकाहरुको संस्कारमा अर्कमण्यताले गर्दा मात्र फरक–फरकका रीतिरिवाजहरु चलि आएका हुन् । खास गरेर भन्ने हो भने आद्यगुरु शंकराचार्यका जीवनीकै आधारलाई मान्ने हो भने पनि १० ठाउाका आश्रमबाट ४ मठको सहायकको रुपमा खटाइएका दश थरीका आश्रमबाट लिइएकाले जातिमा दशनामी र थरमा गिरी, पुरी, भारती, वन, समेत दशथरीको नामाकरण छन् । त्यसैले पनि “सन्यासी” कर्मले मात्र हुइने र गृहस्थसाग पूर्ण मेल नखाने विपरित ध्रुवी समेत भएको हुादा जातमा दशनामी र थरमा दशथर नै उपयुक्त हुन्छ भन्न सकिन्छ । उपयुक्त दशथरका दशनामी जातिहरुको पूर्ण गृहस्थ धर्म पालन गरी आएका र सबैका गुरु आद्य गुरु शंकराचार्य नै भएका कारणले गर्दा पनि अधिकतम् दशनामीहरुले हिन्दु धर्म परम्परा अनुसार ब्रम्हाण क्षेत्री सबैका गोत्र र दशनामीहरुका पनि गोत्र उनीहरुकै जस्ता भएकाले पनि र समाजमा एकै प्रकारका खेतिबारी गोठ व्यवसाय सबै मिल्दाजुल्दा हुादा मानिसका जन्मदेखि मृत्यु सम्मका कर्महरुमा जन्मेपछि सालनाल बेडाउने, ६ दिनमा छैठ गर्ने, ११ दिनमा न्वारान गर्ने, २ वर्षदेखि ६ वर्षसम्मा छेवार त्यसपछि ब्रतबन्ध शिक्षा दिक्षा दिएर विवाह गर्ने र मृत्यु पश्चात पनि निर्णयसिन्धु बमोजिमका बाहुनबाट सारा कर्म गराएर घाटमा शवलाई दाह संस्कार गरी गराई १३ दिन किरिया गर्ने परम्परा समाजमा अधिकतम दशनामीहरुले चलाई आएका र कोही–कोही र
कहीा कहीा भने अज्ञान र अकर्मण्यताबस भड्किएर आफुलाई जन्म सन्यासी ठानी गृहस्थ गरेर व्यवसाय चलाएर छोराछोरी नातिनातिना भएकाहरु पनि आफुलाई “सन्यासी” जाति भनेर योगी सन्यासी कै सरह कर्महरु अज्ञानताले गर्ने गराउने र लेख्नेहरुले पनि विना शास्त्रका आधारमा कर्मठ “सन्यास” हरुका आचारण कर्म पुस्तकहरुमा वर्णन लेखेर उनैका जस्ता (योगी सन्यासी) कर्महरु लेखी छपाई गरी दिएकाले अन्य सबै दशनामीहरु दोधारमा परेको पाइन्छ । तर गृहस्थमा रहेका सम्पूर्ण दशनामी बन्धुहरुले आफु पूर्ण गृहस्थ भएको सम्बन्धले गर्दा “सन्यासी” भनाउन उपयुक्त हुादैन र हाम्रो संविधानमा पनि “सन्यासी” भन्ने शब्द उल्लेख भएकाले कर्मले सन्यासी हुने हुादा जन्मको आधार लिएर सम्पूर्ण “दशनामी” हरुलाई “सन्यासी” जात दिन उपयुक्त मिल्दैन कि भन्ने माथि उल्लेखित शास्त्रहरुले बताएको आधारहरु पाइन्छन्। यस समाजमा विभिन्न जातजातिका मानिसहरुले पनि आफ्नो गृहस्थ त्यागेर कुनै पनि मठबाट गुरुमन्त्र लिएर गेरुवस्त्र धारण गरी “सन्यास” कर्म र आचरण गरेमा उनी पनि कर्मले “सन्यास” अर्थात जुन मठ र जुन नामबाट मन्त्र लिन्छ गोत्र र दशनाममध्येको कुनै
नाममा “सन्यास” बन्ने परम्परा छ जो निर्णयसिन्धुको कमलाकरभट्ट रचित चुडामणी नामक नेपाली टिकाकार डा. वेणी माधव ढकालको निर्णयसिन्धुको पेज.१३१३ देखि १३१६ सम्ममा “सन्यासी” का विधि विधान र कर्मबारे व्याख्या गरिएको छ जस्तो यसरी बन्नेमा बालसन्त
मोहनसरन देवाचार्य र डा.स्वामी रमानन्द गिरी समेत कर्मले “सन्यास” बन्नुभएको हो न कि जन्मले “सन्यास, “सन्यासी” बनिने हो, जो यद्यपि हाम्रा साम्नेमा जिवित हुनुहुन्छ दुवैका चतरा र देवघाटमा उहााहरुकै पहल कदमी र प्रयासमा सन्यास आश्रम खोलिएका छन् ।
त्यसैले पनि दशनामी भित्रका गृहस्थले पनि “सन्यास” हुन गुरुमन्त्र लिएर पिलावस्त्र धारण गरी “सन्यास”का कर्महरुको पूर्ण पालन गरेर मात्र सन्यासी बनिन सक्ने शास्त्रोक्ति भएको हुादा जन्मले सन्यासीको वंश भएको नाताले मात्र गृहस्थमा बसेर गृहस्थ कर्म पालन गर्ने
व्यवसाय गर्ने जो कोही दशनामी पनि कदापि सन्यासी हुन सक्तैन भन्ने शास्त्रोक्ति भएकोले नै जातमा दशनामी र थरमा दश आश्रमबाट गृहस्थमा आएका दशथरहरु नै भन्न उपयुक्त हुनेछ । हालसम्म जे जति लेख रचनाहरु पुस्तकहरु छापिए केवल “सन्यास” अखडामा
रहेका सन्यासी बाबाहरुका कर्मकाण्डहरुका विषयमा छापिएको पाइन्छ । खास गृहस्थ दशनामीहरुका जन्मदेखि मृत्युसम्मका बारेमा नलेखिएबाट आफुले संकलन गरेका यथोचित सामग्रीका आधारमा यो लेख तयार गरिएको हो । यो भन्दा प्रष्ट र गहकिला अध्ययन
अनुसन्धान गरी हाम्रा स्वदेश र विदेश समेतमा रहने सम्बन्धित विषयमा ज्ञान प्राप्त भएका विश्लेषक विशेषज्ञ र विद्वान दशनामी बन्धुहरुबाट अरु राम्रो प्रकाशन गर्ने आशा र अपेक्षा गर्दै सबै दशनामी बन्धुहरुमा हार्दिकता प्रकट गर्दछौं ।

टेकबहादुर नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार र अशोक समाजका केन्द्रीय सदस्य हुन् । विराटनगर–११, मोरङ  

 मो.९८४२०४२२०९ 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)