Aamsanchar

प्रतिवन्धित औषधिसहित झापाबाट भारतीय डाक्टर पक्राउ

Author Image
बुधवार, असार ८, २०७३

pak
सुरुङ्गा (झापा) ।

प्रमाणपत्र नक्कली भएको आशंकामा केन्द्रीय अनुसन्धान व्यूरोले डाक्टरहरुलाई पक्राउ गरिरहेका वेला झापाको भऽपुरबाट एक भारतीय डाक्टर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको खोरिबारी घर भएका मनोहर सरदार रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । भऽपुर नगरपालिकाको भद्रपुर बजारमा विगत १० बर्षदेखि दाात र कानको उपचार गर्ने हेल्थ होम क्लिनिक सञ्चालन गरेर वसेका उनलाई आज दिउसो अनुगमनको क्रममा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।
औषधि व्यवस्था विभाग सहितको टोलीले अनुगमन गर्दा मनोहरको साथबाट कुनै किसिमको कागजात फेला नपरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका सरदारको क्लिनिकबाट नेपालमा बिक्री वितरणमा प्रतिवन्ध लगाइएका ३० प्रकारको भारतीय औषधि समेत फेला बताइएको छनियन्त्रणमा लिएको बताइएको छ ।
औषधि व्यवस्था विभाग बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त अनुगमन टोलीले झापामा तीन दिनदेखि औपधि पसल, अस्पताल, क्लिनिक,तथा ल्याबको अनुगमन गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर