Aamsanchar

वैदेशिक रोजगारी: जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

Author Image
बिहिवार, असार ९, २०७३

12 ko sab

(कालिका खड्का/कल्पना पौडेल)

काठमाडौँ ।

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफँैलाई सम्हाल्न सकेका थिएनन् । विदेश जानेलाई पनि विदेशबाट शव आउँदैछ भन्ने कुराले निकै भावविह्वल बनाएको थियो ।

धन कमाएर सुखी जीवन जिउने आशामा रोजगारीका लागि विदेसिएका नेपालीको दैनिक करिब दुईवटा शव नेपाल आउने गर्छन् । यसरी रोजगारीमा गएका मृत्यु भएर नेपाल शव आउनेको सङ्ख्या मासिक ७५ र वार्षिक करिब ८०० जना छन् । यो दुःखद उदाहरणबीच काबुलको आत्मघाती बम आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो ।

शव बुझ्न सक्ने अवस्थामा थिएनन् आफन्त

सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट मृत्यु भएका १२ नेपालीको शव बुधबार नेपाल ल्याइयो । आफ्नै मान्छेको शवको प्रतीक्षामा बसेका आफन्त होसमा थिएनन् । उनीहरु आफैँ सम्हालिएका थिएनन् । उनीहरुको पीडा देख्न नसकेर त्यहाँ पुगेका जो कोहीको आँखा आँसुले भरिएका थिए । त्यहाँ एकप्रकारको चिच्याहट देखिन्थ्यो । निकै कोलाहलपूर्ण वातावरण थियो ।

पानी परिरहेको थियो । त्यो कोलाहल वातावरणबीच शव ल्याइयो । शव बुझ्न गएका आफन्त भावविह्वल अवस्थामा थिए । शव आउनेबित्तिकै आफन्तको शव राखिएको बाकसमाथि भक्कानिए । कोही चिच्याइरहेका थिए । कोही बोल्नसक्ने अवस्थामा थिएनन् । कोहीलाई आफन्तले पानी खुवाएर पङ्खाले हम्काएर राखेका थिए ।

त्यही सन्नाटा छाइरहेका अवस्थामा आफन्तसँग प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पुगेर १२ नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गरी निर्दाेष नेपालीको हत्या गर्नु कायरता र अमानवीयताको सङ्ज्ञा दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, साउन ८, २०८१
आज विदेशी मुद्राको विनिमय दर
मङ्गलवार, साउन ८, २०८१