![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![kt](http://aamsanchar.com/wp-content/uploads/2016/06/kt.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
सिरिया ।
सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
गृहयुद्धका कारण गाउँघरबाट युवा पलायन भएपछि मुलुकमा महिलाको उपस्थितीमात्र देखिन्छ । त्यसमा पनि विधवा र एकल महिलाको संख्या उल्लेख्य भएका कारण जन्मदरमा नकारात्मक असर देख्न थालिएको छ ।
सिरियामा अविवाहित युवतीको संख्या ७० प्रतिशतको हाराहारीमा पुगेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनीहरुले विवाहका लागि दुलाहा पाउन नसकेको बताइएको छ । कतिपयले आफूभन्दा निकै पाको पुरुषसँग सम्बन्ध बनाउन थालेका छन् भने कोही एकल जीवनमै चित्त बुझाउन बाध्य छन् ।
लाखौं सिरियाली युवाले मुलुक छाडिसकेका छन् । सिरियामै रहेका युवाको एउटा ठूलो हिस्सा सेनामा छ भने कोही सशस्त्र विद्रोहमा संलग्न रहेको आरोपमा जेलमा छन् । सिरियाको युवा पुस्ताको भविष्य अहिले अन्धकारमय बनेको हो । उनीहरुको परिवार छिन्नभिन्न भएको र अधिकांश युवती अविवाहित रहनु परेका कारण भविष्यमा सिरियाले एउटा पुस्ता कै अभाव सामना गर्नुपर्ने विज्ञहरुको भनाई छ । (एजेन्सी)