Aamsanchar

शान्ति शिक्षाको आवश्यकता

Author Image
बिहिवार, असार ९, २०७३

learn-peace-med
नेपाली जनताले विगत ८० वर्षभन्दा बढी समयदेखि लोकतन्त्र, जनजीविका र राष्ट्रियताका लागि संघर्ष गर्दै आएका छन् । वि.सं. १९९०को दशकबाट नेपालमा नागरिक अधिकारको आन्दोलन शुरु भएको देखिन्छ । त्यसपछि कम्युनिष्ट र कांग्रेस पार्टीहरू बने । २०४६ सालपछि अरु पार्टीहरू पनि बने । २०६३को आन्दोलनले गणतन्त्र आयो । झण्डै एकदशक लामो संघर्षको प्रतिफलस्वरूप जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैं लेखे/लेखाए । अब त देशमा शान्ति हुनुपर्ने हो, सबै नेपालीले आ–आफ्नो ठाउामा गरी खान पाउनुपर्ने हो । किन नेपालमा काम गरेर खाने वातावरण अझै बन्न सकेन ?
नेपालका राजनीतिक पार्टीहरूले जनतालाई संघर्ष गर्ने काममा लगाए । आन्दोलन गर्न सिकाए तर शान्तिको आवश्यकता सिकाएनन् । ध्वंश सिकाए, निर्माण सिकाएनन् । त्यसैको प्रतिफलस्वरूप आज देशमा जताततै अशान्ति छ । शान्ति नहुने हो भने प्राप्त उपलब्धीहरू पनि गुम्ने छन् ।
शान्ति राष्ट्र र मानव बिकासको पूर्व शर्त हो । शान्ति बिना विकासको कल्पना पनि गर्न सकिादैन । शिक्षा प्राप्त गर्नु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । विगतमा सभ्रान्त वर्गमा सीमित रहेको शिक्षा आज हरेक नेपालीको आधारभूत आवश्यकता बन्न पुगेको छ । देशका कुना–काप्चामा बस्ने नेपाली पनि आज शिक्षाप्रति सचेत बन्दै छन् । तर हामीले दिएको शिक्षाबाट आमनेपालीले के प्राप्त गरिरहेका छन् भन्ने विषयमा पनि लेखाजोखा हुनुपर्दछ । राष्ट्रले प्रदान गर्ने शिक्षाले जनतामा के परिवर्तन ल्यायो, आत्मनिर्भर बनाउन सकेको छ कि छैन, आफ्नो राष्ट्रलाई सम्मान गर्ने उच्च नैतिकवान, जिम्मेबार नागरिक बनाउन सकेको छ, कि छैन मेलमिलाप र सहयोगी नागरिक तयार गर्न सकेको छ कि, छैन भन्ने प्रश्नहरूका उत्तर खोजी गरिनुपर्दछ ।
आज समाज जति विकसित र उन्नतिशिल बन्दैछ, समाजको एउटा तप्का त्यतिकै हिंस्रक बनिरहेको अवस्था छ । भर्खर पोखरामा भएको दुई किसोरीहरूको हत्यालाई ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । महिलाहरूको असुरक्षा बढ्दो छ । छोरीहरू स्कूलदेखि घर, महिलाहरू घरदेखि कार्यस्थलसम्म तथा निर्भयपूर्वक बजार एवम् मेलापातसम्म निर्वाधरूपले हिंड्न नसक्ने अवस्था बनेको छ । जताततै डराउनुपर्ने बाताबरण बन्दैछ । मानवमा दानवीय प्रवृत्ति बढिरहेको छ । यतिबेला हामीले विगतको गुरुकुलीय शिक्षाले दिएका मूल्य र मान्यतालाई समेत निरन्तरता दिन सकिरहेको छैनौ । जति मानव शिक्षित हुन्छ त्यति नै योग्य सक्षम र सुसस्कृत हुनुपर्दछ तर त्यसो भइरहेको छैन । राष्ट्रले प्रदान गरेको शिक्षाले नागरिकलाई आत्मनिर्भर र स्वाभिमानी, राष्ट्रप्रेमी मेहनेती र उद्यमी बनाउनु पर्दछ । आज हामीले देखिरहेका छौ– दिनदिनै हत्या–बलात्कार र आतंक । यतिबेला हामीले सोच्ने बेला भएको छ– हामीले दिएको शिक्षाले बालबालिकाहरूमा के परिर्वतन ल्यायो त ? समाजमा भइरहेका घटनाले बताउाछ कि हामीले समाजमा मिलेर बस्ने शिक्षा पनि दिन सकेका छैनौ । अरु त परैको कुरा भयो, मिलेर काम गर्ने, मिलेर खाने, मिलेर बस्ने कुरा नै सिकाउन बााकी छ भने हामी अरु धेरै कुराको के कल्पना गर्न सक्छौ ?
व्यक्तिको चरित्र निर्माणका लागि अहिंसा र शान्ति अपरिहार्य कुरा हुन् । अहिंसाले कुनै पनि किसिमको हत्या तथा काटमारको अन्त्य हुनुपर्ने कुरामा जोड दिन्छ भने शान्तिभित्र सहिष्णुता, प्रशन्नता, स्वाबलम्वन र कृतज्ञताका कुराहरू पर्दछन् ।
आज विश्व परिवेशलाई हेर्ने हो भने शान्तिका लागि धेरै प्रयासहरू भएका छन् । चाहे ती व्यक्तिगत प्रयास हुन् या राजनीतिक र सांगठनिक । संयुक्त राष्ट्रसंघ विश्वमा शान्ति स्थापनार्थ कार्यरत छ । यसले विश्व शान्तिका लागि आवश्यक परेका ठाउामा शान्ति सेना परिचालित पनि गरिरहेको छ तर द्वन्द्वको अवस्था झनझन बढ्दै गइरहेको छ । सैनिक शक्तिको प्रयोगबाट विश्वमा शान्ति कायम गर्ने प्रयास अल्पकालीन उपाय मात्र हो । मलाई लाग्छ युद्धले कहिले पनि शान्ति निम्ताउन सक्दैन । शान्ति बन्दुक र खुकुरीको धारबाट खोजिनु हुादैन । शान्ति केवल मानिसको चेतनाबाट प्राप्त गर्न सकिन्छ । चेतना शिक्षाले नै जगाउन सकिन्छ ।
शान्ति शिक्षा त्यस किसिमको शैक्षिक परिपाटी हो, जसले सहिष्णुता, अहिंसा, सदाचार तथा स्वाबलम्वनलाई प्रोत्साहन गर्दछ । नैतिक शिक्षाको माध्यमबाट मानवभित्र रहेको हिंस्रक भावनालाई अन्त्य गरी मानवीय चिन्तनलाई प्रोत्साहन गर्दछ । मानवता, भातृत्व तथा सदाचारलाई शान्ति शिक्षाले जोड दिन्छ । शान्ति र भातृत्वको पाठ बिद्यालय तथा उच्च शिक्षाका पाठयक्रममा समावेश गरी शान्ति शिक्षालाई अगाडि बढाउनुपर्दछ भन्ने माग आज बिश्वस्तरमै उठिरहेको छ । जब प्रत्येक देशका जनतामा शान्तिप्रतिको अभिलासा बढ्दै जान्छ तब विश्वबाट अशान्ति आफै भाग्नेछ । त्यसका लागि प्रत्येक राष्ट्रले आफ्नो शिक्षा प्रणालीमा शान्ति शिक्षालाई समाबेश गर्नुपर्दछ ।
नेपालको सन्दर्भलाई हेर्दा अपराध बढ्दो छ, शोषण र भष्ट्राचार बढेकै छ । विभेद र उत्पीडन पनि बढेकै छ । यी सबै कुराको मूल जरो भनेको सुशिक्षा, सु–संस्कार, सदाचार र सचेतनाको अभाव हो । अमेरिका, युरोप र क्यानडा जस्ता मुलुकमा हेर्नै हो भने पनि साना–साना किशोर किशोरीहरूमै हिंसाका घटनाहरू घटिरहेका देखिन्छन् । भौतिक विकास भएर मात्रै पनि नहुादो रहेछ । सु–संस्कार र समुचित वाताबरणको अभावले कैयौं बालबालिका मनोरोगका शिकार भएका छन् । अतिवादी, व्यक्तिबादी र स्वार्थी भएका छन् । असल बालबालिका राष्ट्रका मात्र गहना हैनन्, उनीहरू विश्वकै प्रमुख आधार हुन् । उनीहरूलाई सानैदेखि शान्ति र सुमार्गको बाटोमा डोर्‍याउन सके युद्घको आगोमा झोसिने छैनन् । हिंस्रक, दुराचारी र भ्रष्ट बन्ने छैनन् । यसैले ठुला कुरा भन्दा साना–साना कुरामा सचेत बनौ ।असल मान्छे बनाउनमा ध्यान दिऔ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
5
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 458

प्रतिक्रिया (०)

सम्बन्धित खबर