Aamsanchar

कोपा अमेरिकाको फाइनलमा चिली र अर्जेन्टिना भिड्ने

Author Image
बिहिवार, असार ९, २०७३

झापा । 

download

कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरि पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् ।

बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो ।

स्टेडियम रहेको क्षेत्रमा चलेको ठूलो आँधीहुरीका कारण दोस्रो हाफको खेल तीन घन्टासम्म रोकिएको थियो । दोस्रो हाफमा पनि चिलीले पहिलो हाफकै नतिजालाई कायम राख्न सक्दा अर्जेन्टिनासँगको उपाधि भिडन्त पक्का गर्यो ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अमेरिकामाथि ४–० को नतिजा निकाल्दै फाइनल यात्रा पक्का गरिसकेको छ ।

चिलीलाई फाइनल पुर्याउन खेलको सातौं मिनेटमा एरानग्वुइजले सातौं मिनेटमा पहिलो गोल गरे ।

त्यसको चार मिनेट नबित्दै चिलीले जाजे फ्युन्जालिडाको गोलमा अग्रता दोब्बर बनायो । पहिलो हाफमा गरेको दुई गोल नै चिलीलाई जितका लागि पर्याप्त भयो ।

दोस्रो हाफको ५७ औं मिनेटमा कार्लोस सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित कोलम्बिया झन दबाबमा परेको थियो । तनावपूर्ण खेलमा रेफ्री दुबै देशका नौ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर