Aamsanchar

राँगोले सहिदगेटमा बबाल मच्चायो

Author Image
बिहिवार, असार ९, २०७३

काठमाडौं ।

त्रिपुरेश्वरबाट सुन्धारातर्फ एउटा अजंगको राँगो बुर्कुसी मार्दै सडकै सडक दौडिदै आएको देखेपछि पैदलयात्रीहरु मात्रै होइन मोटरसाइकलमा सबारहरु पनि सडकमै त्यत्तिकै सवारी छाडेर सुरक्षित स्थानतिर दौडिए।

rango
यसरी बिहिबार दिउँसो करीब साढे एक बजेतिर एकाएक अनियन्त्रित रागो सडकैसडक हुँदै दौडिएसँगै त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तब्यस्त बन्न पुग्यो । सो क्रममा राँगाले हानेर केहि सर्वसाधारण सामान्य घाइते समेत भएको बताइएको छ ।
पछि राँगालाई महानगरपालिकाका कर्मचारीहरुले नियन्त्रणमा लिएका थिए । राँगा कहाँबाट त्यसरी आयो भन्ने खुल्न नसकेपनि टेकु आसपासका क्षेत्रमा बधशाला भएको र त्यही काट्ने क्रममा विच्किएर भागेको हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर