Aamsanchar

नेपालका उमाविमा जापानी भाषा पढाइने

Author Image
बिहिवार, असार ९, २०७३

japani vasa

काठमाडौँ  ।

नेपालका उमाविहरुमा अब जापानी भाषा पढाइने भएको छ ।

धेरै मानिस नेपालबाट जापान पढ्न जाने गरेको वर्तमान परिस्थितिमा काठमाडौँको बाफलमा रहेको ग्रिनफिल्ड नेसनल उमाविले पहिलो पटक उच्चमाध्यामिक शिक्षा परिषद्बाट स्वीकृति लिएर सो भाषा पढाउन लागेको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य खड्गबहादुर बस्नेतले जापान र नेपालको सम्बन्ध धेरै पुरानो रहेको र धेरै नेपाली उच्च शिक्षाका लागि जापान जाने गरेको वर्तमान परिस्थितिमा यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“विश्वभाषा क्याम्पसले औपचारिक शिक्षा नदिई अनौपचारिक शिक्षा प्रदान गरेकाले हामीले यो शिक्षालाई औपचारिक शिक्षा दिन सम्बन्धन लिएर सञ्चालन गर्न लागेका हौँँँ”, बस्नेतले भन्नुभयो । उहाँले कक्षा ११ र १२ मा १००–१०० पूर्णाङ्कको जापानी भाषा राखेको र यसले जापानी पर्यटकलाई नेपालमा आएका बेला समस्या नपर्ने जिकिर गर्नुभयो ।

उहाँले जापानी भाषा पढाउने मानिसको अभाव हुँदै गएको वर्तमान परिस्थितिमा यो शिक्षाले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर