Aamsanchar

कनकाईमा कोच संग्रालय

Author Image
बिहिवार, असार ९, २०७३

कनकाइ नगरपालिका ९ स्थित टेकनारायण बारी, घैलाडुवामा कोच राजवंशी सा“स्कृतिक संरक्षण तथा पर्यटन प्रर्र्ववधन केन््रद्रले आफ्नो सभाहल सहित संग्रालय निर्माणकार्य अगाडी बढाएको छ । झापा क्षेत्र नं ४ का सांसद प्रेमबहादुर गिरीले भवन शिलन्यास गरेपछी सभाहल सहित संग्रालय निर्माकार्य अगाडी बढेको हो ।नेपालमा लोपउन्मुख अवस्थामा रहेको कोच संस्कृती रितिरिवाज, भेषभुषा प्रर्वधन गर्ने उदेस्यले स्थानिय रत्नलाल राजवंशी, खगेन्द्रप्रसाद राजवंशी, प्रेमप्रसाद राजवंशी, सीता राजवंशी, सुर्य राजवंशी, राजेन्द्र राजवंशी, विमलप्रसाद राजवशी, विष्णुदेव राजवंशी, विमल राजवंशी, टललाल राजवंशीले सभाहल र संग्रालय निर्माणका लागी स्व. टेकनारायण राजवंशीको स्मृतिमा राजवंशी परिवारले ८ कठा जमिन प्रदान गरेका हुन ।संग्रालय र सभाहल निर्माण कार्यकोलागीे पर्यटन वोर्ड कार्यालय काकरभिटा वाट ५ लाख रुपैया बजेट विनियोजन गरिसकेको छ । कोच राजवंशी सा“स्कृतिक संमरक्षण तथा पर्यटन प्रर्वधन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीको सभापतित्व रहेको कार्यक्रमा प्रमुख अतिथि सांमसद प्रेमबहादुर गिरी रहनु भएको थियो । धर्मलाल राजवंशीको स्वागत मन्तव्य रहेको कार्यक्रममा आर्दश क्याम्पस घैलाडुब्वा अध्यक्ष जयप्रकास उप्रेती, पर्यटन वोर्ड कार्यालय झापाका प्रमुख गणेशप्रसाद तिम्सिना, नेपाली का“ग्रेस कनकाई नगर सभापती नेत्रप्रसाद चिमरियाले मन्तव्य राखेका थिए ।

rrrr

जग्गादान गर्ने दाता परिवारका सदस्यहरु 

कार्यक्रमा सामजिक अगुवा राजेन्द्र पोखरेल, शेरबहादुर थापा, चन्द्रमोहन उप्रेती, दंगलाल राजवंशी, आदितकुमार कास, धनबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, पदमप्रसाद राजवंशी, भानुभक्त राजवंशी, लिलाबहादुर कटुवाल, अनन्तप्रसाद राजवंशी, डुवालाल राजवंशी, पुकार राजवंशी, नविना राजवंशी, खतडसिंह राजवंशी लयातको आथित्थ्यता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संग्रलय र सभाहल निर्माणकार्यको सुरुवात संगै सकारात्मक सन्देश समाजमा गएको बताएका थिए ।

कार्यक्रममा उपस्थिती स्थानिय कोच राजवंशी समुदायहरु आफ्नो संग्रालयमा कोच सव्यता संस्कृति उत्थान झल्कने,सहित संरक्षण सम्र्वधन र प्रर्वधन हुने भएपछी हर्षित देखिन्थे । माननिय प्रेमबहादुर गिरीले कार्यक्रममा उपस्थित स्थानियवासी हरुलाई सम्वोदन गर्दे आगामी बर्षमा संग्रालय निर्माकालागी बार्षिक रुपमा बजेट थप हुदैजाने बताए । सांम्सद गिरीले आव ०७३/७४ भित्रमा कनकाई नगरपालिका क्षेत्र उज्जयालो नगर भईसक्ने प्रतिवद्धता समेत दोरिहियाएका थिए । कार्यक्रमको संचालन जयप्रकास राजवंशीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर