Aamsanchar

झापाका १२ जना चिकित्सक अख्तियारको छानबिनमा

Author Image
शुक्रवार, असार १०, २०७३

niji drसुरुङ्गा (झापा) ।
झापाका १२ जना चिकित्सकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
कमिशनका लागि झापाबाट भारतीय अस्पतालहरुमा बिरामी रेफर गर्ने गरेको उजुरी परेपछि चिकित्सकहरु माथि सरकारले छानबिन प्रक्रिया शुरु गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सञ्चालित विभिन्न ७ वटा अस्पतालका १२ जना डाक्टरलाई तीन दिन भित्र आफ्ना योग्यताको प्रमाण पत्र, शैक्षिक प्रमाणपत्र, आम्दानी र सम्पत्ती विवरण पेश गर्न भन्दै गोप्य पत्र काटेको छ ।
ती बाहेक मेची अञ्चल अस्पतालका केही डाक्टरहरु पनि छानविनको दायरामा परेको जिल्ला प्रशासन कार्यलय झापाका कानून अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।
छानविनमा परेका चिकित्सकहरुमा मेडिका हस्पिटल बिर्तामोडका अर्थोपेडिक डा. आनन्दराज खनाल, ममता घिरैया, कञ्चनजंगा हस्पिटलका डा. रञ्जित यादव, बिर्ता सिटी हस्पिटलमा कार्यरत डा.मेघना तिवारी, डा.रामभक्त, बंजरग मेडिकलमा कार्यरत डा. डि.के. आचार्य, विकास कुमार गुप्ता, कन्काई हस्पिटलका डा. मुकेश शाह, डा. स्वतन्त्र शाह, शंकर हस्पिटलका डा. दीपा थापा, मनमोहन हस्पिटलका डा. प्रदीप केसी र हाल नर्भिक हस्पिटल काठमाण्डौंमा कार्यरत डा.निरज श्रेष्ठ रहेको कानून अधिकृत भट्टराईले बताउनुभयो ।

ausadi pasal


झापामा एक अस्पतालसहित ५ औषधि पसलमा ‘शील’

मेची अञ्चल अस्पताल भद्रपुर नजिकै सञ्चालनमा रहेको सुभद्रा मेडिकल हल सहित झापाका पााचवटा क्लिनक सिल गरिएको छ ।
अनुमति विना सञ्चालनमा ल्याइएका त्यस्ता क्लिनिक वन्द गरिएको हो । वन्द गरिएका क्लिनिकहरुमा मेची पब्लिक हेल्थ लेब्रोरेटोरी र भऽपुर बजारमा सञ्चालित हेल्थ होम क्लिनिक रहेका छन् । त्यस्तै चन्ऽगढीको युनिक आर्युवेर्दिक औषधि पसल , साझा डेन्टल हस्पिटल रहेकाछन् । बन्द गरिएका पााचवटै संस्थाहरु जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगरी सञ्चालन हादै आएकाले बन्द गरिएको बताइएको छ ।

स्वास्थ्य संस्थाहरुको मुख्य नियमनकारी निकायको रुपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले झापामा मनोमानीरुपमा स्वास्थ्य संस्थाहरु सञ्चालन भइरहेपनि अनुगमन गरेको थिएन । तर, जिल्ला प्रशासन कार्यालय झापा, औषधि व्यवस्था विभाग र घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन टोलीले त्यस्ता अवैंध क्लिनक र अस्पताल सिल गेको हो ।
सचेत नागरिक समूह झापाले केही समय अगाडि झापामा सञ्चालित पोलिक्लिनिक, डाइग्नोष्टिक सेन्टर र अस्पतालले बिरामीको उपचारमा चरम लापरवाही गर्दै कमिशनका लागि बिरामीलाई भारतीय अस्पताल पठाउने गरेको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भए लगत्रै औषधी व्यवस्था विभागको अगुवाईमा सोमबारबाट झापामा अनुगमन थालेको छ । सो क्रममा डेन्टल हस्पिटल सहित अवैध क्लिनक सिल गरिएको औषधि व्यवस्था विभागका गणेश तामाङले बताए ।
औषधि व्यवस्था विभागको अगुवाइमा भइरहेको अनुगमनमा हालसम्म झापाका फार्मेसी र अस्पताल गरी १२ वटामा अनुगमन भएको छ । जसमध्ये मापदण्ड विपरित सञ्चालित ५ वटालाई बन्द गराएको छ भने अन्य ७ वटालाई पनि मापदण्डमा नरहेकाले सचेत गराएको जिल्ला प्रसाशन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराइले जनाए । गोप्यरुपमा अनुगमन गरिएको भए पनि अनुगमन सुरु भएको थाहा पाए पछि भऽपुर र चन्ऽगढीमा सञ्चालित केही फार्मेसी र ल्याव बन्द गरेर सञ्चालक भागेको प्रत्यक्षदर्शीहरु बताउाछन् ।
अनुगमनका क्रममा झापाका अधिकांश फार्मेसी, पोलिक्लिनिक, डाइग्नोष्टिक सेन्टर र प्रयोगशालाले कर छल्नलाई सेवाग्राहीलाई बिल नदिने गरेको पाइएको छ । ती, स्वास्थ्य संस्थाको आधारभूत मापदण्ड समेत पूरा नगरी सञ्चालन गर्दै आएको जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत भट्टराइले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर