Aamsanchar

च्याउ खाँदा एकै परिवारका चार बिरामी

Author Image
शुक्रवार, असार १०, २०७३

chyau

दमक।

विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् ।

बिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया कल्पना र नातिनी ६ वर्षीया सबिना मग्रान्ती बिरामी परेका हुन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिरामी चारैजनाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर