Aamsanchar

चाराली केचना सडक छिटो बनाउन माग

Author Image
शुक्रवार, असार १०, २०७३

charaali kechana sada

भद्रपुर ।

उत्तर दक्षिण झापा जोड्ने हुलाकी सडकखण्ड चाराली केचना सडकको ठेक्का लागिसके पनि काम नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा आज एक ज्ञापनपत्र बुझाएको छ ।

अघिल्लो सरकारकै पालामा ठेक्का लागेको सडक निर्माणकार्य वर्तमान सरकारले चासो नदिँदा काम अगाडि नबढेको भन्दै नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ३ का क्षेत्रीय समितिले जिल्ला प्रशासन कार्यालय, झापालाई ज्ञापनपत्र बुझाएको हो ।

क्षेत्रीय सभापति गणेश पोखरेल, उपसभापति चिन्तामणि खरेल, महासमिति सदस्य तिलकसिंह पाण्डे, भद्रपुरनगरका तरण दल सभापति मोहनराज न्यौपाने, काँग्रेस भद्रपुर नगर समिति उपसभापति ज्ञानबहादुर चौहानलगायतको टोलीले ज्ञापनपत्र बुझाइएको सरकारको प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई बुझाएको हो ।

सो ज्ञापनपत्रमा उक्त सडकखण्डको ठेक्का प्रक्रिया यही आर्थिक वर्षको आसार मसान्तभित्रमा अगाडि बढाउन माग गर्दै हुलाकी सडक परियोजनाअन्तर्गत चाराली केचना सडकखण्डको तत्काल मर्मत गर्न माग पनि गरिएको छ ।

झापाचोक उत्तर र दक्षिण गरी दुई चरणको ठेक्का लागिसकेकामा झापा चोक दक्षिणको मर्मतकार्य बनियानी खण्डमा सामान्य मात्र भएको पाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको क्षेत्रीय सभापति पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 521

प्रतिक्रिया (०)

सम्बन्धित खबर