Aamsanchar

जुडोकी फुपु रियो ओलम्पिकमा 

Author Image
शुक्रवार, असार १०, २०७३

fupu

काठमाडौँ ।

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दी जेनेरियोमा हुने ‘रियो ओलम्पिक– २०१६’ मा सहभागिता पक्का गरेकी छन् ।

यही अगस्ट ५ देखि २१ तारिखसम्म ओलम्पिकमा वाइल्ड कार्डमार्फत फुपुको सहभागिता पक्का भएको हो । बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी फुपु हाल हङ्गेरीको बुडापेस्टमा ओलम्पिक छात्रवृत्तिअन्तर्गत विशेष प्रशिक्षणमा रहेको नेपाल जुडो सङ्घले जनाएको छ ।

राखेप र निप्पोनबीच सहयोग सम्झौता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।

सो कार्यका लागि जापान जानुभएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानिगामाबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १२५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसँग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बिहीबार स्वदेश फर्कनुभएका सदस्य–सचिव विष्टले जानकारी दिनुभयो ।

उहाँले समझदारी पत्रअनुसार सम्झौता तीनवर्षका लागि भएको जानकारी दिँदै भन्नुभयो, “विशेषगरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञसमेत उपलब्ध गराइदिने सहमति भएको छ ।”

सदस्य–सचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको १२५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।

भ्रमणकै दौरान सदस्य–सचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यस क्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयम्सेवक प्रशिक्षकको सङ्ख्यामा वृद्धि गर्न सकिने जाइकाका उपनिर्देशक यागो नाओहोले प्रतिबद्धता जनाउनुभएको बताइएको छ ।

त्यस्तै, भूकम्पले क्षति पु¥याएका भौतिक संरचना बनाइदिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रक्रिया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्य–सचिव विष्टले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर