Aamsanchar

झापामा निर्देशिका विपरीत भवन

Author Image
शुक्रवार, असार १०, २०७३

vawan

 

भद्रपुर ।

झापामा निर्माण भएका सार्वजनिक तथा सरकारी भवनहरु अपाङ्गमैत्री नभएको पाइएकोे छ ।

नेपाल राष्ट्रिय अपाङ्ग महासङ्घ झापा, महिला तथा बालबालिका कार्यालय झापाको समन्वयमा झापाको चन्द्रगढीमा आज आयोजित पहुँचयुक्त भौतिक लगानी तथा संरचना सेवा निर्देशिका–२०६९ विषयक एक दिवसीय अन्तक्र्रियात्मक कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको हो ।

भवन निर्देशिका ऐन–२०६९ विपरीत यहाँका अधिकांश भवन तथा भौतिक संरचना बनेका कारण अपाङ्गता भएकाले आफ्नो अधिकार हनन भएको गुनासो गरेका छन् ।

कार्यक्रममा भवन डिभिजन मेचीका इन्जिनियर चन्द्रप्रसाद चापागार्इं, महिला तथा बालबालिका कार्यालय प्रमुख इन्दिरा ओझा, पत्रकार माया पक्वाललगायतले अपाङ्गमैत्री भवन निर्माणमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर