Aamsanchar

प्रियंका विश्वकै हट महिला

Author Image
शुक्रवार, असार १०, २०७३

झापा ।

indexp

फेरि एकपटक नायिका प्रियंका चोपडालाई सफलता मिलेको छ । पछिल्ला एकाध वर्ष सफलताको चुलीमा पुगेकी प्रियंका एक म्यागाजिनले गरेको सर्वेक्षणमा विश्वकै सर्वाधिक हट महिलाको पगरी जितेकी छन् ।

म्याक्सिम इन्डियाले विश्वका एक सय हट सुन्दरीमा गरेको उक्त सर्वेक्षणमा प्रियंका पहिलो स्थानमा परेकी हुन् । ब्ल्याक ब्युटी प्रियंकालाई उक्त म्यागाजिनले जुन–जुलाईको डबल अंकको कभर गर्ल बनाएको छ । त्यसो त उनी यसअघि पनि उक्त म्यागाजिनमा दुई पटक कभरमा अटाइसकेकी छन् ।

हलिउड फिल्म ‘बेवाच’ खेलेपछि उचाइ लिँदै गरेको उनको करिअरलाई अमेरिकी थ्रिलर सिरियल ‘क्वान्टिको’ ले नयाँ मोड ल्याइदिएको थियो ।

सन् २००० की मिस वल्र्ड प्रियंका मोडलिङ हुँदै फिल्म अभिनयमा लागेकी थिइन् । अभिनयसँगसँगै उनले गायनमा समेत आफूलाई स्थापित गर्दै लगेकी छन् । अभिनयमा पर्फेक्ट मानिने प्रियंकालाई ग्ल्यामर फिल्डमा पाएको हटेस्ट वुमनको टाइटलका कारण अझ अगाडि बढ्न पक्कै उत्साह मिल्नेछ ।

बलिउडमा दह्रो प्रतिस्पर्धीका रूपमा दीपिका पादुकोण पाएकी प्रियंकाले हलिउडमा पनि उनको चुनौती सामना गरिरहेकी छन् । त्यसो त हलिउड पुगेरै पाएका सफलता हेर्ने हो भने दीपिकाभन्दा प्रियंका धेरै माथि पुगिसकेकी छन् । यति बेला उनी बलिउड र हलिउडसँगै भोजपुरी फिल्म निर्माणमा समेत व्यस्त छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर