Aamsanchar

युरो कपको अन्तिम १६

Author Image
शनिवार, असार ११, २०७३

23062016051102round-of-16-600x0एजेन्सी / समूह ए मा शुक्रवारराति आयरल्याण्डले अप्रत्याशित नतिजामा ईटालीलाई १–० ले हरायो । त्यस्तै बेल्जियमले पनि स्वीडेनलाई अन्तिम समयतिरको गोलमा समान अन्तरले पराजित गर्‍यो । यो नतिजाले आयरल्याण्ड र बेल्जियमका समर्थकलाई मात्रै खुशी बनाएन ।

क्रोयशिया र बेल्जिमलाई प्रिक्वार्टरफाइनलमा सजिलो प्रतिद्वन्द्वी प्राप्त भयो भने उत्कृष्ट तेस्रो टीम बन्दै युरोको अन्तिम १६ मा प्रवेश गर्ने टर्कीको सपना चकनाचुर भयो ।

त्यस्तै अवस्था ज्लाटन ईब्राहिमोविचको पनि भयो स्वीडिस टोलीबाट अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितालाई उनले यादगार बनाउन सकेनन् ।हिजोको त्यो नतिजाले युरोको अन्तिम १६ को भिडन्त भने रोचक तुल्याएको छ ।

आगामी शनिबार प्रिक्वार्टरफाइनलमा स्वीट्जरल्याण्ड र पोल्याण्ड, वेल्स र नर्दन आयरल्याण्ड तथा क्रोयशिया र पोर्चुगल भिड्दैछन् । आईतबार फ्रान्स र आयरल्याण्ड, जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियमबीच प्रतिस्पर्धा तय भएको छ ।

ईटादी र स्पेन तथा इङल्याण्ड र आइसल्याण्ड आगामी सोमबार भिडेपछि युरोको १५ औं संस्करणको अन्तिम ८ मा स्थान पक्का गर्ने टोलीको छिनोफानो गर्नेछ ।

लिग चरणका अन्तिम २ दिनका खेलको नतिजाले प्रिक्वार्टरफाइनलमा जर्मनी, ईटाली, स्पेन र इङल्याण्डको भिडन्त कडा प्रतिस्पर्धीसँग तय भयो । उनीहरुका लागि यो दुखद भएपनि राम्रो फुटवल हेर्न दर्शकको चाहनालाई भने मनग्गे फाईदा पुग्यो ।

आईसल्याण्ड
युरोपियन च्याम्पियनसिप खेल्ने सबैभन्दा सानो राष्ट्र हो आइसल्याण्ड । तर युरोमा उसले आफूलाई निकै बलियो र ठूलो टीमका रुपमा खडा गर्‍यो । पेरिसमा भएको खेलमा आइसल्याण्डले अष्ट्रियालाई २–१ ले हरायो । सोही नतिजाले उ अन्तिम १६ मा छनोट भयो र आगामी सोमबार इङल्याण्डलाई चुनौती दिन तयार भएको छ ।

हंगेरी
पोर्चुगलसँग समूह चरणको अन्तिम खेलमा रोमाञ्चक ३–३ गोलको बराबरी खेलेपनि हंगेरी समूह एफ को शीर्ष स्थानमा रह्यो । यो संस्करणको युरोमा सर्वाधिक गोल भएको खेल पनि त्यही रह्यो ।

पोर्चुगल
अघिल्ला २ खेलमा गोल गर्नबाट चुके पनि पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले अन्तिम खेलमा २ गोल गरेर सोधभर्ना गरे । उनको त्यही गोल पोर्चुगलका लागि बरदान साबित भयो र उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा प्रवेश पायो । अर्कोतर्फ रोनाल्डो स्वयं पनि लगातार ४ संस्करणको युरोमा गोल गर्ने खेलाडीका रुपमा दरिए ।

अष्ट्रिया
समूह चरणका कुनै पनि खेलमा जित हात पार्न नसकेपछि उसँग रित्तो हात घर फर्किनुको बिकल्प रहेन ।

अल्बानिया
समूह एफको खेल अघिसम्म अल्बानियाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवित राखेको थियो । तर, गोल अन्तरमा निकै तल परेपछि अल्बानियाले रोमानियालाई हराउँदै बटुलेको ३ अंकको पनि अर्थ रहेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर