

काठमाडौं – नेपाल प्रहरीले राइड सेयरिङ चालकहरूलाई सेवाग्राहीहरूसँग अपशब्द प्रयोग गरि भिडियो भ्लग बनाए सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको छ।
प्रहरीले सामाजिक सञ्जालमा कतिपय राइड सेयरिङ चालकहरूले सेवाग्राहीसँगका व्यक्तिगत कुराकानी तथा अपशब्द प्रयोग गरी भिडियो भ्लग बनाई पोष्ट गरिरहेको पाइएकाले यस्तो नगर्न आग्रह गरेको हो।
जिल्ला प्रहरी परिषर काठमाडौंले यी र यस्ता गतिविधि नगर्न र यस्ता भिडियोहरू तुरुन्त हटाउन आग्रह गरेको छ। अन्यता कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।

हाल सामाजिक सञ्जालमा राइड सेयरिङ चालकहरूले सेवाग्राहीसँग अपशब्द व्यक्तिगत कुराकानी गर्दै भ्लग हालेको भिडियो छ्यापछ्याप्ती छ।

Views: 30


