Aamsanchar

युरो कपमा आजबाट प्रि क्वाटर फाइनल खेल हुदैं

Author Image
शनिवार, असार ११, २०७३

 

नरेन्द्र ढकाल, झापा ।23062016051102round-of-16-600x0

विश्व कप पछिको दोस्रो ठूलो प्रतियोगिताको रुपमा हेरिएको युरो कपमा आज शनिबारबाट प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुदैछन् ।

प्रतियोगितमा चर्चित टिम जर्मनी, फ्रन्सा, पोर्चुगल, स्पेन, क्रोएसिया, वेल्स, इङल्याण्ड, इटाली मात्र नभएर जुनसुकै बेला पनि फाइनल यात्राको सम्म पु¥याउन सक्ने बेल्जियम, स्वीजरल्याड, स्लोभाकीया, पोल्याड, रिपब्लिक अफ आयरल्याड, र्नथर्अन आयरल्याड, हङगेरी, आइसल्याण्ड एक आपसमा भिड्दै छन् ।

समुह चरणको अन्तिम खेल सकिदा विजेता र उपविजेता बन्दै १२ टोलीले प्रि क्वाटर फाइनलमा स्थान बनाएका थिए । यस्तै अन्य ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोली पनि अघिल्लो चरण प्रवेश गरेका छन् ।

समुहचरणको अन्तिम खेलमा बेल्जियम, रिपब्लिक अफ आयरल्याण्ड र आइसल्याण्डले आआफ्नो खेलमा जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाएका हुन् । समुह इ को बेल्जियमले स्विडेनलाई र रिपब्लिक अफ आयरल्याण्डले इटलीलाई समान १–० गोल अन्तरले हराउदै अघिल्लो चरणमा स्थान बनाएका हुन् ।

समुह चरणको अन्तिम खेलमा हार बेहोरेको पनि इटली समुह इ बाट विजेता बन्यो  । यसैबीच, युरोकपको जारी सिजनमा चार टोली भाग्यमानी बने । समुह विजेता र उपविजेता बाहेक ६ समुहबाट तेस्रो स्थानमा रहेका उत्कृष्ट ४ टोलीले समेत युरोकपको अन्तिम १६ मा स्थान बनाए ।

सवैभन्दा भाग्यमानी टोली समुह एफ मा रहेको पोर्चुगल बन्यो । लिग चरणको तीनै खेलमा बराबरीमा रोकिएको पोर्चुगल ३ अंकमा प्रिक्वाटर फाईनलमा प्रवेश र्गयो । उसले प्रिक्वाटरफाईनलमा क्रोएसियासंग प्रतिस्प्र्धा गर्नेछ । ४ अंक रहेको समुह बी को स्लोभाकिया र समुह ई मा रहेको रिपब्लिक अफ आयरल्याण्डले पनि अन्तिम १६ मा स्थान बनाए । यस्तै समुह सी मा रहेको नर्दन आयरल्याण्डले पनि प्रिक्वाटरफाईनलको टिकट काट्यो ।
युरोकपको नकाउट चरणका खेल आज शनिवारबाट सुरु हुनेछन् ।

नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्याण्डले पोल्याण्डसँग खेल्नेछ । सोही दिन वेल्स र नर्दन आयरल्याण्ड तथा क्रोएसिया र पोर्चुगल भिड्नेछन् । आयोजक फ्रान्सले आइतबार रिपब्लिक अफ आयरल्याण्डसँग खेल्दा सोही रात जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियम भिड्नेछन् ।

त्यसैगरी राउण्ड अफ सिक्सटिनकै ठूलो भिडन्तमा सोमवार ईटाली र स्पेन अमने सामने हुनेछन् । अघिल्लो युरोकपका फाइनलमा भिडेका यी दुई टोलीको भिडन्तलाई निकै महत्व दिईनेछ । युरोकप फुटबलअन्तर्गत राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा सोमबार राति इङ्लाण्डले आईसल्याण्डसँग खेल्नेछ ।

प्रि क्वाटर फाइनलको खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् भने हार्ने टोली घर र्फकने छ । फ्रान्समा जारी प्रतियोगिताको उपाधि कसले हात पार्ने हो भनेर फुटबलका पण्डितहरुले अनुमान लगाउन सुरु गरेका छन् ।

खेल फ्रान्समा भएपनि नेपाली खेल प्रेमीहरुले आ–आफ्नो टिमलाई सर्मथन गर्ने गरेको पाइएको छ । नेपालका केही स्थानमा युरो कपको माध्यम बनाएर ठूलै आर्थीको चलखेल हुने गरेको पाइएको छ । तर कानुनमा बर्जित त्यस्ता कार्य गरेका पक्राउ गरेर कारबार्ही गरीने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर