Aamsanchar

आकाशे पुलमा यौन धन्दा…

Author Image
शनिवार, असार ११, २०७३

काठमाडौं।

x

उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ ।

अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाइएको हो ।

भूकम्पपीडित गाउँबाट आएका , आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले जनाएको छ ।

११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्मा (नेहा)ले बताइन् ।

ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना , सवारी मजदुर र विद्यार्थी बढी छन् ।

उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् ।

नौ महिनाकी एक गर्भवतीलाई किन यौनकार्यमा संलग्न रहेको भन्ने जिज्ञासा राख्दा सुत्केरी खर्च जुटाउन आएको जवाफ दिएको शर्माले बताइन । त्यसैगरी मनोरञ्जन क्षेत्र(होटल, रेस्टुरेन्ट, डान्सबार)महिला पनि यौनकार्यमा संलग्न रहेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर