Aamsanchar

सम्पादक गिरीसहित ३ पुरस्कृत

Author Image
शनिवार, असार ११, २०७३

yekraj-giri-3-puraskar-=
[बिनोद पाण्डे(तस्वीरपनि)]

बिर्तामोड ।
देवीप्रसाद उप्रेती निजानन्द आश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई आज शनिवार बिर्तामोडमा पुरस्कृत गरेको छ ।
शिक्षासेवी देवीप्रसाद उप्रेतीको स्मृतिमा स्थापित साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २१ हजार रुपैयाा रहेको छ ।
त्यस्तै झापा शनिअर्जुन सालबारीका शेरबहादुर इङ्नामलाई शिक्षासेवाको पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै यसवर्षको देवीप्रसाद उप्रेती स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ झापाका सचिव एकराज गिरीलाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशी जनही १५ हजार रुपैयाा रहेको छ । पत्रकार गिरी पूर्वाञ्चल दैनिकका सम्पादक, रेडियो नेपाल झापाका सम्वाददाता तथा आमसंचार अनलाइनका प्रवन्ध सम्पादक हुन् ।
उपप्रधान तथा महिला बालबालिका एवम् समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनाली(सीपी) ले प्रमुख अतिथिको तर्फबाट पुरस्कृत व्यक्तित्वहरलाई सम्मानपत्र र नगद हस्तान्तरण गरेका थिए । बिर्तामोडमा आयोजित शिक्षासेवी स्वर्गीय देवीप्रसाद उप्रेती स्मृति दिवसमा आयोजित अभिनन्दन तथा सम्मान समारोहकाबीच उक्त पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष त्रिलोचन संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री मैनालीले देवीप्रसाद उप्रेतीको नाममा ट्रष्ट बनाएर संस्थाको सम्पत्ति कानुनीरुपमा संरक्षण गर्न सुझाव दिादै त्यसको लागि आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।
कार्यक्रममा सांसद नरेश खरेल, नेपाली कांग्रेसका नेता देउमान थेवे, पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओली, साहित्यकार पुण्यप्रसाद खरेलले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा उपप्रधानमन्त्री मैनाली र विशिष्ठ अतिथि सांसद खरेललाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा स्वागत कोषाध्यक्ष सुजाता उप्रेतीले गरेकी थिइन् भने सञ्चालन नरहरि न्यौपानेले गरेका थिए ।

yekraj=

कार्यक्रममा गंगा उप्रेती, बृहस्पति उप्रेती, सरोज ओली, प्रेम दाहाल, हर्क खड्का, बद्री ओली, कामेश्वर दत्त, नवराज खरेल लगायतको आतिथ्य थियो । शनिवार स्वर्गीय देवीप्रसादको २५औं स्मृति दिवस मनाइएको हो । तेह्रथुमको आठराई इवामा १९६९ बैशाख १ गते जन्मिएका देवीप्रसादले झापासहित पूर्वका विभिन्न जिल्लामा शिक्षण संस्था र मठमन्दिरलाई ९ सय विगाह जग्गा दान गरेका थिए । २०४९ असार ११ गते उनको निधन भएको थियो ।

स्व. उप्रेतीले शिक्षा तथा समाजसेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल सरकारले उनको सम्मानमा गतबर्ष हुलाक टिकटसमेत प्रकाशित गरेको छ । उनको निधन पछि कनकाई नपा–९ घैलाडुब्बामा उनको उत्तराधिकारी संस्थाको रुपमा देवीप्रसाद उप्रेती निजानन्द आश्रम स्थापना भई विभिन्न गतिविधि गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर