Aamsanchar

पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकपको क्वाटरफाईनलमा

Author Image
आइतवार, असार १२, २०७३

झापा ।

eb93b2763c8379c9703206da6d5bde24

पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेका छन्  ।

गएराती सम्पन्न नकआउट चरणको पहिलो खेलमा पोल्याण्डले स्विट्जरल्याण्डलाई टाईब्रेकरमा पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा स्विस टोली ५–४ ले स्तब्ध बन्यो ।

स्विट्जरल्याण्डका ग्रानित छहाकाले पेनाल्टि मिस गरेपछि ऊ पराजीत भएको हो । युरोकपमा पोल्याण्डको यो पहिलो क्बाटरफाईनल यात्रा हो । सेमिफाईनल प्रबेशका लागि उसले पोर्चुगलको सामना गर्नेछ ।
गएराती नै सम्पन्न दोश्रो खेलमा आत्माघाती गोल उपहार पाएपछि वेल्स प्रतियोगीताको क्बाटरफाईनलमा प्रबेश गरेको छ । नर्दन आयरल्याण्डका म्याक एयुलेले खेलको ७५औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेपछि नर्दन आयरल्याण्ड नकआउट चरणबाटै बाहिरिएको हो ।

 

दुबैले पहिलो हाफ भने गोल रहित बराबरी खेलेका थिए । वेल्सले सेमिफाईनल प्रबेशका लागी आज हुने बेल्जियम र हंगेरी बीचको बिजेतासंग आगामी शुक्रबार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै गएराती नै भएको तेश्रो खेलमा क्रोएसियालाई १–० ले हराउदै पोर्चुगल पनि प्रतियोगीताको क्बाटरफाईनलमा प्रबेश गरेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेट सकिन ३ मिनेट बाँकि छदा पोर्चुगलले गोल गर्दै प्रतियोगीताको अल्लिो चरणमा स्थान बनाएको हो ।

उसको जितमा रिकार्डो क्बारेश्माले खेलको १ सय १७आंै मिनेटमा निर्णायक गोल गरे । ५९ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसकेको क्रोएसिया प्रिक्बाटरफाईनल चरणबाटै बाहिरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर